Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

‘प्लाष्टिक प्रयोग अन्त्यको अभियान बालबालिकाबाट शुरु गर्नुपर्छ’

 

 

काठमाडौँ : वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले प्लाष्टिक प्रयोग अन्त्य अभियानको नेतृत्व बालबालिकालाई दिनुपर्ने बताएका छन्।

उनले प्लाष्टिकले मानव र वातावरणमा पार्ने असरका बारेमा बालबालिकालाई जानकारी गराउँदै प्रयोग अन्त्य गर्ने अभियानको नेतृत्व पनि उनीहरूलाई नै सुम्पिनुपर्नेमा जोड दिएका हुन्।

विश्व वातावरण दिवसको अवसरमा युएनडिपीले काठमाडौंमा आयोजना गरेको कला प्रदर्शनीको उद्घाटन गर्दै सचिव मिश्रले घरघरमा हस्तक्षेपकारी अभियान शुरु गर्न आवश्यक रहेको बताए। बालबालिकाहरूले चित्रमार्फत विश्व तापमान वृद्धि र प्लाष्टिक प्रयोगबाट वातावरणमा परिरहेको नकारात्मक असरलाई स्पष्ट देखाउन सफल भएको भन्दै उनीहरूलाई नै प्लाष्टिक प्रदूषण अन्त्यको नेतृत्व सुम्पनुपर्नेमा उनले जोड दिए।

सबैका छोराछोरीले प्लाष्टिकका झोलामा ल्याएको र प्लाष्टिकका भाँडामा खान्न भन्न थाल्ने हो भने प्लाष्टिक प्रयोग अन्त्य गर्न सकिने तर्क सचिव मिश्रले गरे।

मिश्रले भने‚ ‘जुन कुरा म अन्ताराष्ट्रिय पेपरमा आधा घण्टा लगाएर खोज्थेँ, यहाँहरूले आफ्नो कलामा सजिलै प्रस्तुत गर्नुभएको छ। वातावरणको कुरा गर्दा विश्वदेखि घरघर र व्यक्ति व्यक्तिसम्म इन्टरभेन गर्न आवश्यक छ। हरेक बच्चाले यो भनून् कि म प्लाष्टिकमा खान्नँ। प्लाष्टिकको झोलामा ल्याएको तरकारी खान्नँ भन्न थाले भने हामीले प्लाष्टिकलाई बिदा गर्नसक्छौँ।’

नेपालका लागि युएनडिपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाले चित्रकलामा मानिसमा जागरुकता फैलाउने सशक्त माध्यम भएको बताइन्। आफूहरुले प्लाष्टिक फोहर व्यवस्थापनलाई सम्बोधन गर्न उत्कृष्ट अभ्यास अपनाउने, साझा गर्ने र नीतिगत परिवर्तनलाई प्रेरित गरी प्लाष्टिक प्रयोगको अन्त्य गर्ने अभियानमा सबैसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारिन्।​

क्योको योकोसुकाले चित्रकला प्रदर्शनीले प्लास्टिक प्रदूषण अन्त्य गर्दै हरियाली र दिगो भविष्यको बाटोमा अग्रसर हुने सवालमा अर्थपूर्ण कदम चाल्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गरिन्।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP