काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानमा बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ।
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो। बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा वृक्षारोपण कार्यक्रम गरेको हो।
यसै अवसरमा बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा एक हजार कागतीका बिरुवा रोपण गरेको छ।
त्यसैगरी, बैंकले काठमाडौँको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा ३०० वटा बिरुवा रोपण गरेको हो।
बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगती सामुदायिक वन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानमा ३,७०० वटा, मधेश प्रदेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक वन) लगायतका विभिन्न स्थानमा ५,०५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका स्थानमा दुई हजार ३०० बिरुवा रोपण गरेको छ।
यस्तै गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानहरुमा २,१००, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्ग लगायत स्थानमा एक हजार ५००, कर्णाली प्रदेशको वीरेन्द्रनगर र रास्कोट लगायतका विभिन्न स्थानमा ७०० र सुदूरपश्चिमको बालिया, गोकुलेश्वर, बैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका स्थानमा दुई हजार ८६ बिरुवा रोपण गरेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया