काठमाडौं : सांघाई–चाङ्गान अटोमोबाइलअन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ।
गत मे महिनामा मात्र दिपलको २५ हजार पाँच सय २१ युटिन इभी बिक्री भएको थियो। जुन गत वर्ष मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो।
हाल दिपल ब्रान्डअन्तर्गत एसएल ०३, एस ०७, जी ३१८, एल ०७, एस ०५ र एस ०९ गरी पाँच मोडेल बिक्री वितरण भइरहेको छ। यसमध्ये दिपल ए ०९ औपचारिक रूपमा गएको मे २२ मा सार्वजनिक भएको छ।
६ सिट भएको ठूलो आकारको एसयुभी दिपल एस ०९ पाँचवटा टिममा उपलब्ध छ। एस ०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो। यसमा १६ः९ एस्पेक्ट रेसियो २१।४ इन्चको ३ के सिलिंग माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ, जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ।
इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फङ्क्सन पनि रहेको छ। साथै यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३।३ ड्राइभिङ असिस्टेन्ट सिस्टम रहेको छ।
ल्भउबतयउ
दिपलले यो वर्षको अन्त्यसम्ममा एस ०९ मा एडीएस ४ अपग्रेड गर्ने बताएको छ। डब्लुइडब्लुए आर्कीटेक्चरमा बन्ने नयाँ एडीएस ४ सिस्टममा एन्ड टु एन्ड ल्याटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिङ फ्रिक्वेन्सी ३० प्रतिशतले घटाउने छ।
दिपलले आउँदो वर्ष चीनमा तीन सयवटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ। दक्षिणपूर्व एसिया र मध्यपूर्व बजारमा प्रवेश गरिसकेको दिपलले यो वर्ष युरोपमा प्रवेश गरिसकेको छ।
गत मेमा आयोजना भएको दिपल ब्रान्ड नाइटमा सीईओ डेङ्ग चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए, जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार बिक्री गर्ने लक्ष्य लिइएको छ। यो योजनाअन्तर्गत चाङ्गानले ३० वटा नयाँ मोडेल सार्वजनिक गर्नेछ।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया