Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सम्पदा मार्ग विकास गर्दै मध्यपुर थिमी नगरपालिका

 

काठमाडौं : मध्यपुर थिमी नगरपालिकाले धार्मिक क्षेत्रलाई समेटेर सम्पदा मार्ग विकास गर्ने भएको छ। सम्पदा मार्ग अन्तर्गत क्षयरोग अस्पतालदेखि सिद्धिकाली मन्दिर क्षेत्र र बोडे हुँदै निलबाराहीसम्म जोड्ने मार्ग निर्माण भइरहेको हो।

आफ्नो कार्यकालको तीन वर्षको प्रगति विवरण बुधबार कार्यक्रम गरी प्रस्तुत गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले विज्ञहरूसँग छलफल गरी ऐतिहासिक बस्ती क्षेत्रका घरको स्वरूप परिवर्तन कार्य अगाडि बढाएको बताए।

उनले आफ्नो कार्यकालमा सम्पदा पुनर्निर्माणका साथै अन्य भौतिक विकासमा पनि उल्लेख्य प्रगति गरेको बताए। पहिरोको जोखिममा परेको नीलबाराही क्षेत्र संरक्षणका लागि डीपीआर तयार गरी निर्माणका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग साझेदारीमा एक र नगरपालिकाबाट दुई योजना निर्माण भइरहेको उनले बताए।

नगरपालिकाले आन्तरिक आम्दानी र राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि गरेको जनाएको छ। चालु आवको वैशाखसम्म २२ करोड संकलन भएको बताइएको छ। यस्तै पुँजीगत खर्च पनि जेठ १५ गतेसम्म ३१ प्रतिशत रहेको जनाइएको छ। २०८०/०८१ को महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार मध्यपुर थिमि नगरपालिका भक्तपुरमा सबैभन्दा कम बेरुजु भएको पालिका बन्नुलाई पारदर्शी, जवाफदेहिता र सुशासनमा प्राप्त महत्त्वपूर्ण उपलब्धि भएको दाबी प्रमुख श्रेष्ठले गरे।

उनले तीन वर्षमा ४९ वटा ऐन, नियम, नियमावली, कार्यविधि र निर्देशिका निर्माण गरेको जानकारी दिए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP