Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सन्तरामको आँगनमा फक्रिएको शिक्षा

राम अवतार चौधरी
३१ जेष्ठ २०८२, शनिबार
चन्द्रौटा, ३१ जेठ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर–८, बहादुरगञ्जका सन्तराम हरिजन जीवनको हरेक परिस्थितिमा सङ्घर्ष गर्दै आएका छन् । सङ्घर्षकै क्रममा उनले सदैव आफ्ना सन्तानहरूको उज्ज्वल भविष्यको सपना देखिरहे । दलित समुदायको एक परिवारका सङ्घर्ष, जसले सपना देख्न कहिल्यै छाडेनन् । इट्टा भट्टाको तातो धुवाँ र धुलोबिच पसिना बगाउँदै जातीय अपमानसँगै सन्तानको अध्ययनलाई कहिल्यै त्यागेनन् ।
यति बेला सन्तरामकी छोरी स्मृति हरिजन मधेसी दलित समुदाय (विशेष गरी चमार, डोम, मुसहर, बादी) बाट नेपालकै पहिलो महिला चिकित्सक बन्न सफल भएकी छन् । उनी नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्दै जानकी मेडिकल कलेज, जनकपुरबाट एमबिबिएस उत्तीर्ण गर्नु भएकी स्मृति अहिले जनकपुरमै इन्टर्नसिप गर्दै छिन् । नेपाल मेडिकल काउन्सिलको परीक्षा (एनएमसी) उत्तीर्ण गरेपछि उनलाई सामाजिक बधाई दिनेहरूको ओइरो लागेको छ । इन्टर्नसिप सकिएपछि उनले सरकारको योजना अनुसार दुई वर्ष सेवा दिनुपर्ने बताउँछिन् । स्मृतिको यो उपलब्धि केवल उनको मात्रै सफलता बनेन । समाजका विभेदलाई फाल्न सक्ने उदाहरण समेत बनेको छ ।
स्थानीय रामगोरखा माविबाट माध्यमिक तह अध्ययन गरेकी स्मृति सानो देखी पढाइमा अब्बल थिइन् । उनले आफूले गरेका सङ्घर्षलाई स्मरण गर्दै उनी भन्छिन्- “हाम्रो समुदायका महिलालाई आठ कक्षा पार गराउनसमेत गाह्रो हुन्छ । माथिल्लो कक्षामा पढ्न लागेपछि रोक्ने प्रयास हुन्छ, तल्लो जातको पढ्न हुँदैन भन्ने सोच अझै पनि छ ।” स्मृतिले थपिन– “म पहिलो हुँ, तर अन्तिम होइन । म त्यो दराज हुँ जसले विभाजनको पर्खाल भत्काउँछ, म त्यो तारा हुँ जस पछाडि हजारौँ चम्कनेछन् । “शिक्षा नै मुक्ति हो । म चाहन्छु, मेरा जस्ता अरू पनि डाक्टर, इन्जिनियर बनुन् ।” उनका सपनालाई सकार पार्न स्मृतिका बुवा सन्तरामले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको पनि ताजै छ ।
सन्तराम सन्तानका सपना देखिरहे
स्मृतिका बाबु सन्तराम हरिजन २०३९ सालमा एसएलसी पास गरेका उनी नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक बनेका थिए । तर, एक प्रभावशाली व्यक्तिलाई पक्राउ गरेपछि ‘तीन हजार घुस खाएको’ झूटो आरोपमा जागिर गुमाउनु प¥यो । “म निर्दोष थिएँ, तर शक्तिशालीसँग लड्न सकिँदैनथ्यो,” सन्तराम सम्झन्छन् । त्यसपछि उनले शिक्षण पेसा अँगाले मजदुरी ऋण र गरगहना बेचेर भए पनि उनले आफ्ना सन्तानलाई अध्ययन प्रभावित हुन् दिएनन् । उज्ज्वल बनाउने सपना सदैव देखि रहे । र त्यही छोराछोरीलाई अब्बल बनाउने सपना अब पुरा हुँदै छ ।
सपना पुरा
कान्छी छोरी डा. स्मृति, नेपालकै दलित महिला चिकित्सकमध्ये पहिलो बनेकी छन् । माइली छोरी सिर्जना हाल बेलायतमा एमबीए (फाइनान्स) अध्ययन गर्दै छिन् । गाउँबाट युरोपको प्रतिष्ठित शिक्षण संस्थासम्मको उनको यात्रा आफैँमा असाधारण छ । छोरा सन्दीप, भारतको प्रतिष्ठित प्राविधिक संस्था एनआईटी राउरकेलामा कम्प्युटर साइन्स र इन्जिनियरिङ अध्ययनरत छन् । सन्तरामका सन्तानले अध्ययनप्रति लक्ष्य प्राप्तिपछि सपना पुरा हने भएपछि उनी हर्षित छन् । त्यो पनि नेपाल सरकारको छात्रवृत्तिमा स्मृति हरिजनको सफलता सो समुदायको लागि ऐतिहासिक बनेको छ । दलित समुदाय विशेषतः महिलाहरूको लागि सम्भावनाको नयाँ ढोका रहेको दलित समुदायका अगुवा बताउँछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP