Trending
राजनीति वामदेवको दावी : मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन राजनीति हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि म पहल गर्छु : प्रचण्ड राजनीति सबै प्रकारका यातायातका साधनको नियमन एउटै निकायबाट गरौँ : सोविता गौतम समाज बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै शिक्षा शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने-२५ प्रतिशत युवाका लागि ठाउँ छाडेका छौँ राजनीति कार्यान्वयन हुन नपाउँदै अध्यागमनमा कर्मचारी खटाउने मापदण्ड परिवर्तन गर्ने चलखेल समाज २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना : २ हजार ५ सय ४९ जनाको मृत्यु समाज बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर राजनीति नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छ : प्रधानमन्त्री ओली राजनीति कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह

सन्तरामको आँगनमा फक्रिएको शिक्षा

राम अवतार चौधरी
३१ जेष्ठ २०८२, शनिबार
चन्द्रौटा, ३१ जेठ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर–८, बहादुरगञ्जका सन्तराम हरिजन जीवनको हरेक परिस्थितिमा सङ्घर्ष गर्दै आएका छन् । सङ्घर्षकै क्रममा उनले सदैव आफ्ना सन्तानहरूको उज्ज्वल भविष्यको सपना देखिरहे । दलित समुदायको एक परिवारका सङ्घर्ष, जसले सपना देख्न कहिल्यै छाडेनन् । इट्टा भट्टाको तातो धुवाँ र धुलोबिच पसिना बगाउँदै जातीय अपमानसँगै सन्तानको अध्ययनलाई कहिल्यै त्यागेनन् ।
यति बेला सन्तरामकी छोरी स्मृति हरिजन मधेसी दलित समुदाय (विशेष गरी चमार, डोम, मुसहर, बादी) बाट नेपालकै पहिलो महिला चिकित्सक बन्न सफल भएकी छन् । उनी नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्दै जानकी मेडिकल कलेज, जनकपुरबाट एमबिबिएस उत्तीर्ण गर्नु भएकी स्मृति अहिले जनकपुरमै इन्टर्नसिप गर्दै छिन् । नेपाल मेडिकल काउन्सिलको परीक्षा (एनएमसी) उत्तीर्ण गरेपछि उनलाई सामाजिक बधाई दिनेहरूको ओइरो लागेको छ । इन्टर्नसिप सकिएपछि उनले सरकारको योजना अनुसार दुई वर्ष सेवा दिनुपर्ने बताउँछिन् । स्मृतिको यो उपलब्धि केवल उनको मात्रै सफलता बनेन । समाजका विभेदलाई फाल्न सक्ने उदाहरण समेत बनेको छ ।
स्थानीय रामगोरखा माविबाट माध्यमिक तह अध्ययन गरेकी स्मृति सानो देखी पढाइमा अब्बल थिइन् । उनले आफूले गरेका सङ्घर्षलाई स्मरण गर्दै उनी भन्छिन्- “हाम्रो समुदायका महिलालाई आठ कक्षा पार गराउनसमेत गाह्रो हुन्छ । माथिल्लो कक्षामा पढ्न लागेपछि रोक्ने प्रयास हुन्छ, तल्लो जातको पढ्न हुँदैन भन्ने सोच अझै पनि छ ।” स्मृतिले थपिन– “म पहिलो हुँ, तर अन्तिम होइन । म त्यो दराज हुँ जसले विभाजनको पर्खाल भत्काउँछ, म त्यो तारा हुँ जस पछाडि हजारौँ चम्कनेछन् । “शिक्षा नै मुक्ति हो । म चाहन्छु, मेरा जस्ता अरू पनि डाक्टर, इन्जिनियर बनुन् ।” उनका सपनालाई सकार पार्न स्मृतिका बुवा सन्तरामले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको पनि ताजै छ ।
सन्तराम सन्तानका सपना देखिरहे
स्मृतिका बाबु सन्तराम हरिजन २०३९ सालमा एसएलसी पास गरेका उनी नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक बनेका थिए । तर, एक प्रभावशाली व्यक्तिलाई पक्राउ गरेपछि ‘तीन हजार घुस खाएको’ झूटो आरोपमा जागिर गुमाउनु प¥यो । “म निर्दोष थिएँ, तर शक्तिशालीसँग लड्न सकिँदैनथ्यो,” सन्तराम सम्झन्छन् । त्यसपछि उनले शिक्षण पेसा अँगाले मजदुरी ऋण र गरगहना बेचेर भए पनि उनले आफ्ना सन्तानलाई अध्ययन प्रभावित हुन् दिएनन् । उज्ज्वल बनाउने सपना सदैव देखि रहे । र त्यही छोराछोरीलाई अब्बल बनाउने सपना अब पुरा हुँदै छ ।
सपना पुरा
कान्छी छोरी डा. स्मृति, नेपालकै दलित महिला चिकित्सकमध्ये पहिलो बनेकी छन् । माइली छोरी सिर्जना हाल बेलायतमा एमबीए (फाइनान्स) अध्ययन गर्दै छिन् । गाउँबाट युरोपको प्रतिष्ठित शिक्षण संस्थासम्मको उनको यात्रा आफैँमा असाधारण छ । छोरा सन्दीप, भारतको प्रतिष्ठित प्राविधिक संस्था एनआईटी राउरकेलामा कम्प्युटर साइन्स र इन्जिनियरिङ अध्ययनरत छन् । सन्तरामका सन्तानले अध्ययनप्रति लक्ष्य प्राप्तिपछि सपना पुरा हने भएपछि उनी हर्षित छन् । त्यो पनि नेपाल सरकारको छात्रवृत्तिमा स्मृति हरिजनको सफलता सो समुदायको लागि ऐतिहासिक बनेको छ । दलित समुदाय विशेषतः महिलाहरूको लागि सम्भावनाको नयाँ ढोका रहेको दलित समुदायका अगुवा बताउँछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP