काठमाडौं : राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति स्थापनाले अवसर पारेर सोमबार एघारौँ चुरे संरक्षण दिवस मनाउँदै छ।
समितिले आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा नवलपरासीको कावासोतीमा मुख्य कार्यक्रमको आयोजना गरेको समितिको कार्यक्रम कार्यान्वयन एकाइ चितवन प्रमुख प्रकाश नेपालले जानकारी दिए।
चुरेको प्राकृतिक स्रोत संरक्षण, दीगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको संवर्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यका साथ समितिको स्थापना विसं २०७१ असार २ गते भएको हो । स्थापना भएयता समितिले हालसम्म एक हजार ४५९ स्थानमान गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षिय बाली विस्तार गरेको जनाएको छ। त्यस्तै पाँच हजार २३० हेक्टरमा हरियाली प्रवर्धन कार्यक्रम गरेको र दुई करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन र वितरण गरेको समितिको उपलब्धि विवरणमा उल्लेख गरेको छ।
यसैगरी हालसम्म नदी÷खोला किनारामा ४१२ किमी तटबन्ध निर्माण, १६२ हेक्टर हरित पेटिका निर्माण, १३९ सिमसार तालतलैया संरक्षण/पुनर्निर्माण, ६२८ वर्षातको पानी सङ्कलन पोखरी निर्माण र ५४८ वटा पानी मुहान संरक्षण गरिएको छ ।
त्यस्तै समितिको स्थापना भएयताको अवधिमा चुरे संरक्षणका नाममा झण्डै १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ । समितिले आर्थिक वर्ष २०८०–८१ सम्म १४ अर्ब ९६ करोड ?k}ofF खर्च गरेको छ। समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१.८४ प्रतिशत भएको छ । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया