Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

धनुषामा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु

 

काठमाडौं : धनुषाको धनुषाधाम नगरपालिका- ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा उइङ्गर गाडीले ठक्कर दिँदा साइकलमा सवार एकजनाको मृत्यु भएको छ।एक जना गम्भीर घाइते भएका छन्।

मिथिला नगरपालिका-४, पुष्प वलपुरका ६० वर्षीय बिन्दे साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक​जटाशंकर यादवले जानकारी दिए। उनका अनुसार ३३ वर्षीय विमल मण्डल गम्भीर घाइते भएका छन्।

बुधबार राति करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना १ ज ७०४९ नम्बरको उइङ्गर गाडीले सडक छेउमा रोकी राखिएको ना ६ ख ३२९९ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। त्यसपछि गाडीले पूर्व दिशाबाट साइकलमा आउँदै गरेका दुईजनालाई समेत ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा चिकित्सकले साहलाई मृत घोषणा गरेको थियो।

मण्डलको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी निरीक्षक यादवले बताए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP