Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मोबाइल फोन चार्जरमै ३० करोड २९ लाख रुपैयाँ बाहिरियो

 

 

काठमाडौँ : एघार महिनामा नेपालमा ३० करोड २९ लाख रुपैयाँको मोबाइल फोन चार्जर आयात भएको छ। गत साउनदेखि जेठसम्मको अवधिमा चार्जर किन्न उक्त रकम विदेशिएको हो।

यो ११ महिनामा ३९ लाख ४२ हजार ८६६ थान मोबाइल फोन चार्जर आयात गरिएको छ। तीमध्ये सर्वाधिक चार्जर चीनबाट ३५ लाख ७० हजार थान आयात गरिएको छ भने दोस्रोमा भारतबाट ३ लाख ७२ हजार ६९२ थान फोन चार्जर नेपालमा आयात गरिएको छ।

ती चार्जर खरिद गर्न २८ करोड १० लाख रुपैयाँ चीन पठाइएको छ भने २ करोड १७ लाख रुपैयाँ भारत विदेशिएको छ। यी दुई देशबाट आयात गरिएका फोन चार्जरबाट सरकारले ९ करोड ४३ लाख रुपैयाँ राजस्व उठाएको छ।

चीन र भारतका साथै नेपालले अष्ट्रेलिया, क्यानडा, साइप्रस, फ्रान्स, जर्मनी, हङकङ, इजरायल, इटली, जापान, कोरिया, पोल्याण्ड, पोर्चुगल लगायतका देशबाट मोबाइल फोन चार्जर आयात गर्ने गरेको छ।

छिमेकी देश चीन र भारत मोबाइल चार्जरका ठूला उत्पादक बन्दा नेपालमा भने यस्ता वस्तु उत्पादनमा बेवास्ता गरिएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP