काठमाडौं : झापामा साथीको कुटपिटबाट दुई युवकको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ छ। प्रहरीका अनुसार एकसाता अघि असार ११ गते कुटपिट भएको थियो। साथीको कुटपिटलेदुवै घाइते भएका छन्। उपचारको क्रममा शनिबार थापाको र बुधबार तामाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको आङ्शकामा ६ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको छ । सबै १६ वर्षभन्दा कम उमेर समूहका रहेको कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया