लमजुङ : गण्डकी प्रदेश सरकारले यहाँका चौताराको मर्मत तथा संरक्षण गरेको छ। चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा जीर्ण बन्दै गएको उपल्लो टाउको चौताराको मर्मत गरी संरक्षण गरेको हो।
राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार प्रदेश सरकारको रु १० लाख लाखतमा चौतारा मर्मत तथा संरक्षण गर्ने कार्य सम्पन्न भएको छ। उनले भने, ‘चौतारा वरिपरी पर्खाल लगाउने, चौतारासम्म पुग्ने दुई सय मिटर बाटो ढलान गर्नेलगायत पूर्वाधार निर्माण र विस्तारको काम सम्पन्न भएको छ। चौतारा वरिपरी २५ जना एकै पटक बस्न मिल्ने ठाउँ, रङ्रोगन गरिएको छ , बाटो ढलान गर्न बाँकी छ।’
स्थानीयका अनुसार राष्ट्रकवि माधवप्रसाद घिमिरेले गामबेँसी गर्दा खेल्ने, बस्ने गरेको यस चौतारामा पिपलको बोट छ। पछिल्लो समय लोप हुँदै गएको यस्ता चौताराको संरक्षण हुन नसक्दा चौतारा देख्नै मुस्किल हुन थालेपछि संरक्षण अभियान थालिएको हो।
चौताराको संरक्षण साथै राष्ट्रकवि घिमिरेले बस्ने यो चौतारा नयाँ पुस्ता माझ इतिहासका रूपमा परिचित गराउन प्रदेश सरकारसँग बजेट माग गरेर संरक्षण गर्न लागिएको अध्यक्ष घिमिरेले बताए। उनका अनुसार पिपललाई हिन्दूहरूले भगवान विष्णुको अवतार मानेर पूजा गर्दछन्। सबैभन्दा बढी अक्सिजनमा धनी रुख पनि पिपल हो।
धार्मिक रूपमा महत्त्वपूर्ण मानिएका बरपिपलका चौताराहरू गाउँघरबाट विस्तारै नासिँदै जान थालेपछि यहाँका बूढापाका चिन्तित थिए। प्रदेश सरकारले राष्ट्रकवि घिमिरेले बालापनमा बस्ने र खेल्ने चौतारा संरक्षण अभावमा सङ्कटमा पर्दै गएपछि मर्मत थालेको हो।
चौतारा संरक्षण हुन थालेपछि स्थानीय खुसी भएका छन्। स्थानीय विष्णु गुरुङले भने, ‘चौतारा मर्मत भएसँगै पुनः बाटो हिँड्दा, थकाइ लाग्दा आराम गर्न, भारी बिसाउन स्थानीयलाई सहज हुनेछ।’ योसँगै चौतारा संरक्षण हुने, पदमार्गमा आउने विदेश पर्यटक, स्थानीय तथा बटुवालाई आवतजावतका क्रममा आराम गर्न पाउने, नयाँ पुस्ताले इतिहासका बारेमा जानकारी पाउने भएकाले सबैले चौतारा संरक्षणमा समन्वय गर्नुपर्नेमा उनले जोड दिए।
चौताराबाट मनाङको केही भाग, जिल्लाको ताघ्रिङ गाउँ, मस्र्याङ्दी नदीलगायत विभिन्न हिमाल देख्न सकिन्छ। बर्खामामाथि जगरा, हिउँदमा तल बाहुनडाँडा बेँसीमा लैजाँदा पनि सोही चौतारामा राष्ट्रकवि घिमिरे बस्ने गर्थे। उनको जन्म लमजुङको मस्र्याङ्दी–६ बाहुनडाँडा पुस्तुनमा भएको थियो।
नेपाली साहित्यमा गम्भीर साधनारत रहेका घिमिरेले कविता, गीत, गीतिनाटक, निबन्ध, नाटक, बालसाहित्यलगायतका विधामा विशिष्ट योगदान दिएका छन्। जीवनकालभरि उनले साहित्य सेवामार्फत राष्ट्रिय भावनालाई सशक्त बनाएका थिए।
गौरी, ‘मालती मङ्गले, अन्तरक्रिया, भारती, शकुन्तल लगायतका कृतिहरू आज पनि नेपाली साहित्यका अमूल सम्पत्ति मानिन्छन्। रामविलास (रचना १९९५) बाट खण्डकाव्यको यात्रा सुरु गरेका कवि घिमिरेको विसं २०१५ मा प्रकाशित गौरी खण्डकाव्य सबैभन्दा बढी चर्चित खण्डकाव्य हो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया