Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बारपाकको दलित बस्तीः घरधुरी २१, शौचालय एक

 

गोरखा : दिपासा विक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्नुहुन्छ। तीस वर्षकी उहाँसँगै छरछिमेकका अन्य छोरी बुहारीहरू कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन्। बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरू यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहिँ, ‘घरधुरी २१, शौचालय एक’ भएर हो।

तुलनात्मक रुपमा सम्पन्न बारपाकको पुछारमा रहेको दलितबस्ती सबै हिसाबले पिछडिएको छ। २०७२ सालको विनाशकारी भूकम्प गएको १० वर्ष बितिसक्दा पनि यहाँका बासिन्दा अझै त्रिपालभित्र बस्न विवश छन्। दलितबस्तीको मुख्य समस्या शौचालय हो। २१ घरधुरी रहेको दलितबस्तीमा जम्मा एउटा शौचालय छ। त्यो पनि जीर्ण। राम्रोसँग ढोका पनि नलाग्ने।

सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको अर्का स्थानीय दिपासा विक गुनासो गर्छिन्। ‘सरकारले हामीलाई घर बनाइदिन्छौँ, जग्गा दिन्छौँ भनेर १० वर्षअघि यहाँ ल्यायो। हामीले हाम्रो पुरानो घरघडेरीको लालपूर्जा पनि सरकारलाई दिइसक्यौँ तर, के गर्नु अहिलेसम्म घर त के, गतिलो शौचालय समेत बनाउन सकेका छैनौं’, उनले भनिन्, ‘हामी अहिले सरकारी जग्गामा बस्दै आएका छौँ। आफ्नो हिसाबले शौचालय बनाउन पनि सक्दैनौँ।’

शौचालय नहुँदा विशेषगरी यहाँका महिला तथा किशोरीहरू समस्यामा छन्। १६ वर्षकी अर्की किशोरी अमृता विकले घरैपिच्छे शौचालय नहुँदा धेरै दुःख सहनु परेको गुनासो गरिन्। उनी भन्छन्, ‘सबैभन्दा धेरै समस्या महिनावारीको समयमा हुन्छ। एउटा मात्र शौचालय छ, बिहान बेलुका धुँइचो लाग्छ। राती पनि जाँडरक्सी खाएका केटाहरूले धेरै फोहोर गर्दिन्छन्।’ व्यवस्थित शौचालय नहुँदा बस्तीका मानिसले खुल्ला दिसापिसाव गर्न बाध्य रहेको उनको भनाइ छ।

एक्काइस घरधुरीका ५० भन्दा धेरै व्यक्तिले एउटै शौचालय प्रयोग गर्दा बस्तीमा बेलाबखत सरुवा रोग समेत फैलिने गरेको छ। स्थानीय मङ्गलबहादुर सुनारका अनुसार बस्तीमा हैजा, ज्वरो, झाडापखाला, रुघाखोकी लगायतका सरुवा रोगहरू फैलिरहन्छ। ‘यहाँ त सबैलाई कोरोना आए कोरोना, भाइरल ज्वरो आए भाइरल ज्वरो, डेंगी आए सबैलाई डेंगी हुने हो’, उनले भने, ‘सबैले एउटै शौचालय प्रयोग गर्दा गर्मी समयमा सजिलै रोग फैलन्छ।’ उनका अनुसार कोभिड महामारीको समयमा मात्र बस्तीका पाँच जनाको मृत्यु भएको थियो।

आफूहरू फोहोरमैलामा बसेका कारण सामाजिक रुपमा अपहेलित हुनु परेको अर्की स्थानीय ५७ वर्षकी मैती सुनार बताउँछिन्। उनी भन्छिन्, ‘भेदभाव किन नहोस्, सबैको ठुल्ठूला महल छन्, सफा आँगन ट्वाइलेट छ। हामी भने यस्तो फोहोरमा बस्छौँ। हेलाहोचो भैहाल्छ नि।’ बारपाकको सौन्दर्यमा मन्त्रमुग्ध हुने जो कोहीले त्यही मुनि खोल्साको छेउको दलित बस्तीमा भने नजर लाउन छुटाइरहेका हुन्छन्।

२०७२ साल वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघारसय घरधुरी क्षणभरमै ढले। गाउँका ७२ जनाको मृत्यू भयो। बाँचेकाहरू पनि महिना दिनसम्म चौरमा, बारीका गरामा बास बसे।डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी विक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे। १४ घरधुरी फेरि आ–आफ्नै थातथलोमा फर्किए।

डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो। फर्किन सक्ने अबस्था नभएपछि उनीहरूले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले। पहल गरेको १० बर्ष बितिसक्दा पनि अझै सफल हुन सकेको छैनन्। राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० बर्ष बितिसक्दासम्म टहरोकै बास छ।

यहाँका दलित समुदायका अगुवा सुकबहादुर विक दलित समुदायलाई बास माग्दै ८६ पटक सिँहदरबार धाएको बताउँछन्। ‘मैले बुझेअनुसार हामीलाई अन्याय भएको राजनीतिक प्रतिशोधले हो’, उनी भन्छन्, ‘यो दलित बस्तीलाई पुनस्थापना गर्ने लडाइँ १० बर्ष भइसक्यो, प्रगति छैन। एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ। फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब बनाइदिन्छन्।’

पूर्वसहमति अनुसार यहाँको ६ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपूर्जा दिनुपर्ने अर्का अगुवा दलित उत्तम विक बताउँछन्। गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै बैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने देखिएको बताउँछन्।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP