Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

रोपाहार पाउन छाडेपछि

 

चितवन : पछिल्ला दिनहरूमा धान रोपाइँ गर्न मजदुरहरू पाउन कठिन भएपछि प्रविधिको प्रयोगलाई बढाइएको छ। छिटोछरितो काम गर्न कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाइएको हो।

अहिले प्रविधिको प्रयोग बढेसँगै कामदारको संख्यामा कमी आएकोे छ। विगतका वर्षहरूको तुलनामा जनशक्ति कम प्रयोग हुन थालेको हो। धान रोप्ने समयमा जिल्लामा तराई मूलबाट आउने मजदुरहरू बढी हुने गरेको भए पनि अहिले भने त्यो संख्या घटेको हो।

राप्ती नगरपालिका–५ मा रहेको जनजागृति हरियाली ताजा तरकारी एवं फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्म कँडेलका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष तराईबाट आउने कामदारको संख्यामा कमी आएको छ। उनले भने, ‘कामदार नपाए पछि अहिले किसानहरूले प्रविधिको प्रयोग गरेर धान रोप्न थालेका छन्।’ उनी आफैँले पनि श्रमिक नपाए पछि प्रविधिको प्रयोग गरेर धान रोपेको सुनाए।

धान रोप्नका लागि जिल्लाका कामदारहरू नपाउने र तराईबाट आएका मजदुरहरूको भर पर्नुपर्ने अवस्थालाई धान रोप्ने मेसिन राइस ट्रान्सप्लान्टर प्रयोग गर्ने गरिएको छ। अहिले किसानलाई धानको बीउ राख्न बानि नपरेकाले समस्या भएको भए पनि यसलाई सिकाउँदै प्रविधिको प्रयोग बढाउन आफूहरू लागि परेको उनले बताए।

खैरहनी नगरपालिकाको कुमरोजमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तेज बर्तौला कामदार लगाउँदा मूल्य दिनुपर्ने ज्यालाभन्दा प्रविधिको प्रयोगले सस्तो पर्ने भएकाले किसानहरू प्रविधिको प्रयोगमा केन्द्रित हुन थालेको बताउँछन्। बर्तौलाका अनुसार अहिले अघिल्ला वर्षको तुलनामा स्थानीय र तराई मूलका कामदार कम संख्यामा पाइने गरेको छ।

तराई क्षेत्रमा सिँचाइको व्यवस्था भएसँगै त्यहाँका मजदुरहरू कम आउन थालेको उनले अनुमान गरे। उनले भने, ‘वैदेशिक रोजगार र स्थानीय रुपमा नै पाइने रोजगारीका कारण अघिल्ला वर्षहरूको तुलनामा कम संख्यामा मजदुरहरू आएको पाएका छौँ।’ आफ्नो संस्थामा रहेको मेसीन बिग्रिएसँगै मजदुर नपाएपछि अन्य संस्थाबाट ल्याएर धान रोप्न बाध्य भएको उनले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले मजदुरको कमी हुँदै जाँदा प्रविधिको प्रयोग बढ्दै गएको बताए। अहिले जिल्लामा आठ वटा ‘राइस ट्रान्सप्लान्टर’बाट धान रोप्ने काम भइरहेको छ।

अघिल्ला वर्षभन्दा कम संख्यामा मजदुरहरू आए पछि किसानले स्थानीय मजदुर र प्रविधिको प्रयोग गरेका हुन्। छोटो समयमा धेरै क्षेत्रफलमा धान रोप्न सकिने भएकाले पनि मजदुरको भन्दा प्रविधिको प्रयोग बढेको उनले बताए। यसले कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ केन्द्रित गर्दै लैजाने उनले बताए।

जिल्लामा २७ हजार २०७ दशमलव २५ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुँदै आएको छ। जसमध्ये हालसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झकनाथ कँडेलले जानकारी दिए। मजदुरको अभावका कारण हुनुपर्ने क्षेत्रभन्दा कममा धान रोपाइँ भएको हो।

उनले भने, ‘जिल्लाको धान रोपाइँका लागि तराई मूलका कामदारको भर पर्नुपर्ने बाध्यता छ। यसलाई प्रविधिको प्रयोगले केहीसम्म सहज बनाएको छ।’ जिल्लामा सावा, गोरखनाथ, सावित्री, राधाचार, हर्दिनाथ र युएस ३१२ जातका धान बढी मात्रामा लगाइने गरेको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP