Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

आज दिउँसो २ बजे काठमाडौं महानगरको कार्यपालिका बैठक बस्दै

 

काठमाडौं : काठमाडौं महानगरपालिकामा झण्डै ७ महिनापछि आज कार्यपालिका बैठक बस्ने भएको छ। महानगरपालिकाका सहायक प्रवक्ता ध्रुब कुमार काफ्लेका अनुसार आज दिउँसो २ बजे कार्यपालिका बैठक बस्दै छ।

उनले भने,‘आज २ बजे कार्यपालिका बैठक बोलाइएको छ।’

काठमाडौं भ्यूटावर विवादका कारण लामो समयदेखि कार्यपालिका बैठक बस्न सकेको छैन। २०८१ पुस १४ पुस गते १६औं नगरसभा बैठक बस्नुअगाडि बसेको कार्यपालिका बैठकपछि हालसम्म कार्यपालिका बस्न सकेको छैन।

त्यसअगाडि महानगरपालिका हरेक महिनामा एकचोटि कार्यपालिका बैठक बस्दै आएको थियो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ मा पनि ‘कार्यपालिका बैठक कम्तीमा महिनाको एकपटक बस्ने छ’ भन्ने उल्लेख छ।

कार्यपालिका बैठक बोलाउने जिम्मेवारी पनि पालिका प्रमुखलाई दिएको उक्त ऐनमा उल्लेख छ। उक्त विवादकै कारण महानगरपालिकाले समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन। थाहा खबर  

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP