काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरलाई स्मार्ट सिटी तथा राष्ट्रिय स्तरको गन्तव्यको रुपमा विकास गर्ने घोषणा गरेको छ। आज महानगरपालिका नगर सभाको १७ औँ अधिवेशनमा प्रमुख बालेन शाहले आव २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
उनले एक वडा एक उत्पादन नीति लिइने बताए। उनले भने,‘प्रविधि र सुसंस्कृति जीवनशैलीको संगममार्फत महानगरलाई डिजिटल युगको स्मार्ट सिटी तथा राष्ट्रिय स्तरको गन्तव्यको विकास गर्न आईटी हब फर वर्किङ स्पेस डिजिटल फ्रेन्ड्ली पूर्वाधार बहुभाषिक सूचना प्रणाली तथा निर्माण विकास गरिने छ।’
उनले महानगरलाई फिल्म सिटीको रुपमा विकास गर्ने पनि बताए। उनले सामुदायिक विद्यालयमा डिजिटल,सामुदायिक पुस्तकालय सञ्चालन गर्ने,स्वास्थ्यसेवा सबै नगरबासीसम्म पुर्याउने नीति लिएको पनि बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया