काठमाडौं : काठमाडौं महानगरपालिका नगर सभाको १७ औँ अधिवेशन असार ३२ गते बैठक बस्नेगरि सकिएको छ। महानगरपालिकाका प्रमुख बालेन शाहले ३२ असारमा बैठक बस्नेगरि आजको नगरसभा स्थगित गरिएको जानकारी दिए।
उनले भने,‘चालु आवको प्रगति समीक्षा,आगामी वर्षको लागि नीति तथा कार्यक्रम र बजेट,आर्थिक विधेयक उपर पारित गर्ने सम्बन्धमा आगामी असार ३२ गते दिउँसो २ बजे राष्ट्रिय गृहमा बैठक बस्नेगरि यो नगरसभा स्थगित हुन्छ।’
काठमाडौं महानगरपालिकाले आव २०८२/८३ को लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया