Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी

 

 

काठमाडौँ : नेपाल शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ। सोमबार विज्ञप्ति जारी गरी महासंघले विगतका भएका सहमतिहअनुसार विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीमैत्री प्रावधान समावेश गर्न राज्य पक्ष कति पनि गम्भीर र जिम्मेवार नदेखिएको भन्दै आन्दोलनको चेतावनी दिएको हो।

विद्यालय शिक्षा विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेका छलफल र निर्णयबाट विगतका सहमतिहरूलाई बंग्याउने, तोडमोड गर्ने तथा आम शिक्षक-कर्मचारीको भावना, शिक्षण पेशाको मर्यादा र सबलीकरण विपरीतका प्रबन्ध अघि बढाउने प्रयत्न भएको विज्ञप्तिमा भनिएको छ।

महासंघले राज्य पक्ष शासकीय दम्भ र शिक्षाकर्मीप्रतिको आग्रह एवं हेपाहा प्रवृत्तिप्रति लिप्त रहेको आरोप लगाएको छ। विद्यालय, विद्यार्थी, शिक्षक-कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुने सम्भावना क्रमश: कमजोर हुँदै गएको निष्कर्षमा महासंघ पुगेको भन्दै नयाँ र कडा आन्दोलनको मोडमा पुगेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघले विद्यालय, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै काठमाडौँ केन्द्रित २९ दिन शैक्षिक सडक आन्दोलन गरेको थियो। आन्दोलनपछि सरकारसंग भएको सहमतिमा असार १५ सम्ममा विधेयक ल्याइसक्नुपर्ने भनिएको थियो। तर असार सकिन लाग्दा पनि विधेयक समितिबाट पारित भएको छैन।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP