Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बालेनले उठेर ताली बजाउँदै सुनितालाई दिए बधाई

 

काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विश्व नेताका रूपमा सम्मान पाएकी उपप्रमुख सुनिता डंगोललाई उठेर ताली बनाउँदै बधाई दिएका छन्। आज बसेको काठमाडौं महानगरपालिका, नगरसभा १७‌ औँ अधिवेशन दोस्रो बैठकमा प्रमुख साहले उपप्रमुख डंगोललाई बधाई तथा शुभकामना दिएका हुन्।

बैठकमा नगर सदस्य शर्मिला परियारले नगरसभाबाट उनलाई बधाई तथा शुभकामना दिनुपर्ने विषय उठाएकी थिइन्।

उनले भनिन्, ‘चारैतिरबाट बधाई आइरहेको समयमा हामी यो नगरसभाले किन बधाई, सम्मान र शुभकामना व्यक्त नगर्ने?, हाम्रो उपप्रमुख सुनिता डंगोल राजनीतिक क्षेत्रबाट विश्व आर्थिक मञ्च २०२५ बाट सम्मानित हुनु भएकोमा यस सभाले बधाई ज्ञापन गर्दछ,सबै उठेर ताली बजाएर बधाई दिउँ,यसले नयाँ ऊर्जा जोस राख्नेछ।’

उनले यति माग गरेपछि नगरसभा सदस्यहरू र प्रमुख साह उठेर ताली बजाएका थिए। स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको रुपमा उपप्रमुख डंगोल चयन भएकी छिन्।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP