Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पर्सामा ओभरहेड ट्याङ्की बेवारिसे, नयाँ डिप बोरिङ खन्नमै ध्यान !

 

पर्सा : जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले निर्माण गरेका ओभरहेड ट्याङ्की सञ्चालनमा नआउँदा पनि खानेपानीको दीर्घकालिन व्यवस्थापनमा थप जटिल हुँदै गएको छ।

दुवै सरकारले ओभरहेड ट्याङ्की निर्माण गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गरे पनि सम्बन्धित स्थानीय तह र उपभोक्ता समितिको बेवास्ताको कारणले पनि ओभरहेड ट्याङ्की बेवारिसे अवस्थामा रहेका छन्।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बारा÷पर्साका निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवले पर्सामा खानेपानीका दीर्घकालिन व्यवस्थापनको लागि निर्माण गरिएका ओभरहेड ट्याङ्की भने बेवारिसे अवस्थामा रहेको गुनासो गरे।

‘राज्यले करौडौ रुपैयाँ खर्चेर निर्माण गरेका ओभरहेड ट्याङ्की सञ्चालनमा नआउँदा पनि अहिले ठाउँ–ठाउँमा खानेपानीको समस्या देखिएको हो,’ उनले भने,’ओभरहेड ट्याङ्की उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने हुन्छ। यहाँका जनताले खानेपानी पैसा तिरेर खानको आनाकानी गर्दा पनि ओभरहेड ट्याङ्कीको प्रभावकारी कार्यान्वयन हुन नसकेको हो।’

सङ्घीय तथा प्रदेश सरकारले पोखरिया,भिष्वा,झौवागुठी,अमरपट्टी,बहुअर्वा भाठ्ठा,विन्दवासिनी लगायतका स्थानमा ओभरहेड ट्याङ्की भएपनि उचित ढंगले सञ्चालन र व्यवस्थापन हुन भने सकिरहेको छैन। निमित्त डिभिजन प्रमुख यादवले यहाँ खानेपानीको दीर्घकालिन व्यवस्थापनमा भन्दा पनि जथाभावि रुपमा डिप बोरिङ खन्नेमा मात्रै ध्यान दिँदा पनि खानेपानीको समस्या झनै जटिल बन्दै गएको गुनासो गरे।

‘ओभरहेड ट्याङ्कीमार्फत पानी प्रयोग गर्दा खानेपानीको महसुल तिर्नुपर्ने हुन्छ। त्यसैले पनि सर्वसाधारण चापाकलबाट आउने आर्सेनिक युक्त खानेपानी खान तयार हुने गरेका छन्।’

नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका कार्यालय प्रमुख प्रविणकुमार साहले ओभरहेड ट्याङ्की सञ्चालनमा ल्याउन सकेको खण्डमा खानेपानीको दीर्घकालिन समाधान गर्नका लागि धेरै सहज हुने बताए।’यहाँका जनतामा खानेपानी पैसा तिरेर खानुपर्छ भन्ने संस्कारको विकास गर्न पनि जरुरी छ,’ उनले भने,’लाइनको पानी जडान गरेर खानुभन्दा चापाकलको पानी खानका लागि यहाँका जनता धेरै इच्छुक देखिन्नुहुन्छ। अहिले यहाँ पानीको चर्काे संकटभएपनि मात्रै ओभरहेड ट्याङ्कीको कुरा आएको हो।’

नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीले पछिल्लो समय वीरगञ्ज महानगरक्षेत्रमा जभाभावी ढंगले डिपबोरिङ खनिदैं आइरहेको गुनासो गरे।’अहिले खानेपानीको संकट भएको ठाउँमा डिप बोरिङ खन्नुपर्छ। तर, कति आवश्यकताको आधारमा वा पहुँचको आधारमा खन्निएको विषयमा पनि ध्यान दिन जरुरी भइसकेको छ।’

उनले भने,’जनताले पनि खानेपानीको लाइन जडान गरेर पैसा तिरेर खाने बानीको पनि विकास गर्न जरुरत भइसकेको छ।’

कार्यवाहक अध्यक्ष कुर्मीले डिपबोरिङ जनताको आवश्यकता र योजनाबद्ध ढंगले खन्नपनि सुझाव दिए। नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले पर्सामा संकटको बेला साढे दुई लागतमा खनिने डिप बोरिङको लागत झण्डै दोब्बर मूल्य बढी भएकाले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरोकारवाला निकायले थप अनुसन्धान गर्न अनुरोध गरे। उनले भने, ‘संकटलाई कसैले पनि व्यक्तिगत फाइदा हुने काम नगर्नुस।’  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP