Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लोप हुँदै साउने सङ्क्रान्तिमा लुतो फाल्ने संस्कृति

 

बागलुङ : यहाँका छन्त्याल तथा मगर समुदायले हरेक वर्ष साउने संक्रान्ति भव्य रूपमा मनाउने गर्छन्। इष्टमित्र र चेलिबेटी जम्मा भएर दुःखसुख साट्ने पर्वका रूपमा साउने संक्रान्तिलाई लिने गरिन्छ। तर, पछिल्लो समय विस्तारै लुतो फाल्ने संस्कृति हराउँदै गएको छ।

आधुनिक प्रविधिको विकास र पश्चिमा संस्कृतिको प्रभावसँगै पुराना संस्कृति लोप हुन थालेको बुढापाका बताउँछन्। बिहानदेखि साँझसम्म टाढिएका आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन कम भएको निसीखोला गाउँपालिका–६ का ७८ वर्षीय तिलबहादुर बुढा मगरले बताए।

गाउँमा हाल पाँच–सातजना मात्रै पाका पुस्ता रहेकाले उनीहरू रहँदासम्म मात्र परम्परा जीवित हुने अवस्था रहेको बुढा मगरकोे चिन्ता छ।

‘हामीले चाडबाडभन्दा प्रविधिलाई बढी महत्त्व दिन थालेका छौँ, हाम्रो बाउबाजेदेखिको पुराना चलनहरू पहिलेको तुलनामा अभ्यासमा अहिले निकै घटेको छ,’ बुढा मगरले भने, ‘लुतो फाल्दा किरा फट्यांग्राले बालीनाली नष्ट गर्दैन, शरीरमा रोग लाग्दैन भन्ने मान्यता छ।’

साउने संक्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो बेलौतीलगायतका फलफूलसहित कन्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि उक्त चलन हराएको तमानखोला गाउँपालिका– ३ का पूर्णबहादुर घर्ती मगरले बताए।

लुतो फाल्दा नाङ्लो ठटाउने, डम्फू बजाउने, घन्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ। यसरी लुतो फाल्दा रोगव्याध नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने जनविश्वास रहेको घर्ती मगरको भनाइ छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP