Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर

 

 

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गत आर्थिक वर्षमा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ।

आव २०८१/८२ मा जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख डा शर्मिला कुमालले बताइन्। जिल्लाको जनसंख्याका आधारमा दूध आवश्यकताभन्दा बढी उत्पादन भई जिल्ला बाहिर निर्यात हुने गरेको छ। उत्पादन भएको दूधको तथ्यांकका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विगत तीन वर्षदेखि आत्मनिर्भर रहेको प्रमुख कुमालले बताइन्।

‘विश्व स्वास्थ्य सङ्गठनले विकासउन्मुख राष्ट्रका लागि एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक व्यक्तिका लागि एक सय ३२ लिटर दूध पुग्ने गरी उत्पादन रहेको छ‘, उनले भनिन्, ‘आर्थिक वर्ष २०८१/८२ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उत्पादन भएको दूधको आधारमा यहाँको कूल जनसङख््यालाई एक व्यक्ति बराबर एक सय ३२ लिटर दूध पुग्ने देखिन्छ।‘

तथ्यांकअनुसार गत आवमा जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको थियो। यसमध्य गाईको दूध ३२ हजार तीन सय ५३ मेट्रिक टन रहेको छ भने भैँसीको दूध १७ हजार छ सय ६० मेट्रिक टन छ। जिल्लामा खपत भएर बाँकी रहेको दूध काठमाडौं, पोखरा र चितवन बिक्री गर्न पठाउने गरिएको प्रमुख कुमालले बताइन्। जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षको उत्पादन अनुपात तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ।

‘आव २०७८/७९ मा ६१ हजार छ सय ६४ मेट्रिक टन दूध उत्पादन भएकामा आव २०७९/८० मा थप वृद्धि भई ६२ हजार चार सय ४६ मेट्रिक टन उत्पादन भएको थियो। तर गत आव २०८०/८१ मा विगतको भन्दा घटेर जम्मा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो।

‘गत आवमा अझ घटेर ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ‘, उनले भने। जिल्लाको तथ्यांक हेर्दा प्रत्येक वर्ष गाईभैँसी फार्म र गाई भैँसीको संख्यासमेत घट्दो क्रममा रहेको छ। आव २०७९/८० मा गाईको संख्या ४१ हजार चार सय ८९, भैँसीको संख्या ४८ हजार आठ सय ५४ रहेको थियो, भने आव २०८०/८१ मा गाईको संख्या ३७ हजार एक सय ९८ र भैँसीको संख्या ४३ हजार नौ सय ५० रहेको देखिन्छ।

गत आवमा गाईको संख्या ३२ हजार आठ सय ९७ रहेको थियो भने भैँसीको संख्या ३८ हजार आठ सय ९६ रहेको छ। यसरी तीन वर्षको तथ्यांक हेर्दा प्रत्येक वर्ष सरदर चार हजारको दरले गाईको संख्या घट्दो क्रममा रहेको देखिन्छ भने पाँच हजारको दरले भैँसीको संख्या जिल्लामा घट्दो क्रममा रहेको देखिन्छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP