Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

 

 

नेपालगञ्ज : उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै जान थालेका छन्।

घरायसी कलह, खान तथा लगाउन नदिएको, मानसिक तनाब दिएको लगायतका कारण पति वा पत्नीले अदालत समक्ष सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको उच्च अदालत नेपालगञ्ज इजलासका अधिकृत बलबहादुर विष्टले जानकारी दिए।

उनले छिटफुट रुपमा पतिले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्ने गरेको उल्लेख गर्दै त्यस्ता कम मुद्दामा मात्रै सम्बन्ध बिच्छेदको फैसला हुने गरेको बताए। ‘श्रीमान (पुरुष)ले पनि म पिडीत भए भनेर मुद्दा दर्ता गर्नुभएको हुन्छ, तर सम्बन्ध बिच्छेद कम भएको हुन्छ’, उनले भने।

आर्थिक वर्ष २०८१/८२ मा सम्बन्ध बिच्छेदका ६१ मुद्दा दर्ता भएकामा ५० मुद्दा फर्स्यौट भएका छन् भने ११ मुद्दा बाँकी रहेका छन्। आर्थिक वर्ष २०८०/८१ मा सम्वन्ध बिच्छेद सम्बन्धी ५९ मुद्दा दर्ता भएकामा ४० मुद्दा फर्स्यौट भएको र १९ मुद्दा बाँकी रहेको उच्च अदालतले जनाएको छ। दर्ता भएका सम्बन्ध बिच्छेदका मुद्दा बाँके जिल्लाका हुन्।

यसबाहेक जर्बजस्ती करणी १८८ मुद्दा दर्ता भएकामा १४८ मुद्दा फर्स्यौट भएका छन् र त्यसमा ४० मुद्दा बाँकी छन्। लागु औषधतर्फ १८८ मुद्दा दर्ता भएकामा १५१ फर्स्यौट भएका र ३७ मुद्दा बाँकी रहेका छन्।

मानव बेचविखन तथा ओसारपसारका २९ मुद्दा दर्ता भएकामा २८ फर्स्यौट भएको छ भने एक मुद्दा बाँकी रहेको छ। ज्यान सम्बन्धी कसुरका १९२ मुद्दामा १५५ फर्स्यौट भएका छन् भने ३७ बाँकी रहेका छन्।

अन्यतर्फ एक हजार ४७८ मुद्दा दर्ता भएकामा एक हजार ६३ मुर्दा दर्ता भएका छन्। रिट र निषेधाज्ञाका ५१० मुद्दा दर्ता भएकामा ४०९ फर्स्यौट भएको र १०१ बाँकी रहेका छन्। यी सबै कुल मिलाएर दुई हजार ६४६ मुद्दा दर्ता भएकामा दुई हजार चार मुद्दा फर्स्यौट भएका छन् भने ६४२ मुद्दा बाँकी रहेको अदालतले जनाएको छ।

वार्षिक मुद्दा फर्स्यौट लक्ष्य एक हजार ६३७ थान रहेकामा कुल दुई हजार चार मुद्दा अर्थात् ३६७ थान मुद्दा बढी फर्स्यौट भएको उच्च अदालतइजलासका मुख्य न्यायाधिस चन्द्रबहादुर सारुले जानकारी दिए। ‘सिमीत स्रोत र साधनको परिचालनबाट गुणस्तरिय र छिटो छरितो न्याय सम्पादन हाम्रो मुख्य लक्ष्य हो’, उनले भने।

कतिपय मुद्दा २० दिनमा पनि फर्स्यौट गएिको जानकारी दिँदै उनले मुद्दा सुनुवाइ प्रक्रियालाई गोलाप्रथाबाट गरिएको बताए। एक वर्ष नाघेका मुद्दा शून्यमा झार्न सफल भएको मुख्य न्यायाधिस सारुको भनाइ छ।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP