Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

रसुवा बाढीपहिरोः करिब २९ करोडको बीमा दाबी

 

काठमाडौं : गत असार २३ मा रसुवामा चीनतर्फबाट आएको बाढी पहिरोबाट क्षति पु-याएको भन्दै विमितहरूले करिव २९ करोडको बीमा दाबी गरेका छन्।

बीमा प्राधिकरणकाअनुसार शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स,सगरमाथा लुम्बिनी इस्योरेन्ससहित ९ वटा कम्पनीहरूले २८ करोड ९२ लाख रुपैयाँको दाबी गरेका हुन्। बीमा प्राधिकरणकाअनुसार शिखर इन्स्योरेन्समा १० वटा दाबी परेका छन्। शिखरमा १६ करोड १२ लाख रुपैयाँको दाबी गरिएको छ। त्यस्तै नेको इन्स्योरेन्समा ३ वटाको ५ करोड १२ लाख रुपैयाँको माग दाबी गरिएको छ। सगरमाथा लुम्बिनी इस्योरेन्समा दाबी संख्या सात छ। माग दाबी रकम ३ करोड ४१ लाख रुपैयाँ छ।

त्यस्तै, सानिमा जिआईसी लिमिटेडमा ६ वटा माग दाबी परेको छ। जसमा ७७ लाखको माग दाबी परेको छ। अर्को आइजीआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीमा ९ वटा दाबी परेका छन्। जसमा ७५ लाख ५० हजार रुपैयाँको माग दाबी परेको छ। युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा माग दाबी परेका छन्। जसमा ६८ लाख बराबरको माग दाबी रकम छ।

एनएलजी इन्स्योरेन्समा ६ वटा मागदाबी परेका छन्। जसमा ४७ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा माग दाबी परेको छ। जसमा माग दाबी रकम ३१ लाख रहेको बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

कुल ६३ वटा मागदाबीमध्ये सामुन्द्रीक बीमातर्फ हेर्ने हो भने ६ वटा दाबी परेको छ भने इन्जिनियरिङ तथा ठेकदार जोखिमतर्फ ४ वटा, सम्पति बीमातर्फ १० वटा, मोटर बीमा (सार्वजनिक) तर्फ ३२ वटा, मोटरबीमा निजीतर्फ ११ वटा मागदाबी परेको बीमा प्राधिकरणले जनाएको छ।

रसुवामा आएको बाढीले नेपाल–चीन जोड्न पुल बगाएको थियो। जसकारण दुई हप्तादेखि रसुवागढी हुँदै चीनतर्फको व्यापार प्रभावित भएको छ। बाढीले ड्राइपोर्टका साथै सवारी साधन, कन्टेनर समेत बगाउँदा ठूलो क्षति भएको थियो।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP