Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लुम्बिनी प्रदेशः गत आवमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

 

लुम्बिनी : लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६ जनाको ज्यान गएको छ। जुन अघिल्लो आवको तुलनामा बढी हो। आव २०८०/८१ मा प्रदेशमा सवारी दुर्घटनामा ४९६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ भएका ३ हजार ४७९ सवारी दुर्घटनामा ५ हजार ६९१ जना घाइते भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार ट्राफिक प्रहरीले सवारीसाधनको जाँच र कारबाहीलाई तीव्र बनाइ रहँदा सवारी दुर्घटनाका घटनामा भने वृद्धि भएको जनाएको छ।

अघिल्लो आव २०८०/८१ मा भने एक हजार १२० सवारी दुर्घटनामा १ हजार ६९३ जना घाइते भएका थिए। अघिल्ला वर्षहरूमा मध्यम र गम्भीर दुर्घटनाका घटनालाई मात्र तथ्याङ्कमा समावेश गर्ने गरिएकोमा गत आर्थिक वर्षमा सामान्य दुर्घटनाको तथ्याङ्कसमेत समावेश गरिएकोले सङ्ख्या बढी देखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए।

लुम्बिनी प्रदेशमा १ वर्षमा सवारी नियम उल्लङ्घन गर्ने विभिन्न सवारी चालकबाट १७ करोड ८३ लाख ८३ हजार ४११ रुपैयाँ जरिवाना सङ्कलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमार्फत आव २०८१/८२ मा प्रदेशका १२ वटै जिल्लामा गरिएको जाँचको क्रममा सवारी नियम उल्लङ्घन गर्ने एक लाख ७० हजार ८० वटा सवारीसाधनबाट उक्त जरिवाना सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

सवारी नियम उल्लघनवापत सङ्कलित जरिवाना रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा ४१ लाख ४५ हजार ९१६ रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षमा सवारी नियम उल्लङ्घन गर्नेबाट १७ करोड ४२ लाख ३७ हजार ५०३ रुपैयाँ जरिवाना सङ्कलन भएको थियो।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा जरिवाना रकम बढी सङ्कलन भए पनि सवारी नियम उल्लङ्घन गरी कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्यामा अघिल्लो आर्थिक वर्षमा भन्दा कमी देखिएको छ। ६३ हजार १६ ले कमी हो।

आर्थिक वर्ष २०८०/८१ मा २ लाख ३३ हजार ९६ वटा सवारीसाधन कारबाहीमा परेका थिए भने आर्थिक वर्ष २०८१/८२ कारबाहीमा पर्ने सवारीको सङ्ख्या एक लाख ७० हजार ८० रहेको प्रहरी उपरीक्षक शर्माले बताए।

प्रहरी उपरीक्षक शर्माका अनुसार सवारीसाधनको कारबाही सङ्ख्यामा कमी देखिए पनि जरिवाना दस्तुर वृद्धि भएको छ। यसबाट सबैभन्दा बढी रूपन्देहीमा ५० हजार ४४१ सवारीसाधन कारबाहीमा पर्दा ६ करोड ८ लाख ४९ हजार १२ रुपैयाँ जरिवाना सङ्कलन भएको छ।

रूपन्देहीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमार्फत १ करोड १८ लाख ८७ हजार ३ रुपैयाँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीमार्फत ४ करोड ८९ लाख ६२ हजार ९ रुपैयाँ जरिवाना सङ्कलन भएको हो।

यस्तै बाँकेमा ३७ हजार ४३५ वटा सवारीसाधनबाट ३ करोड २७ हजार ५०३ रुपैयाँ, दाङमा २१ हजार ५९० सवारीसाधनबाट २ करोड ३१ लाख ६० हजार रुपैयाँ, कपिलवस्तुमा १३ हजार ५६१ वटा सवारीसाधनबाट १ करोड ४५ लाख ५० हजार रुपैयाँ र पश्चिम नवलपरासीमा ८ हजार ३०० सवारीसाधनबाट १ करोड ६ लाख ९ हजार रुपैयाँ जरिवाना सङ्कलन भएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP