Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु

 

 

सङ्खुवासभा :जिल्ला मा निमार्णाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

चिचिला गाउँपालिका –३ स्थित अरुण तेस्रो परियोजनाको अडिट थ्रि स्थित सोलाखानीको सुरुङ भित्र करेन्ट लागेर एक जना मदजुरको मृत्यु भएको हो। मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका –२ का ४० वर्षीय करणधर पौडेललेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। सोमबार बिहान साढे ७ बजे सुरुङ भित्र काम गर्ने क्रममा करेन्ट लागेर पौडेल गम्भीर घाइते भएका थिए।

विद्युत् गृहस्थल चिचिला गाउँपालिका –३ सोलाखानीमा सुरुङ भित्र काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका पौडेललेको उपचारका क्रममा जिल्ला अस्पतालमा सङ्खुवासभामा सोमबार दिउँसो १२ बजे अस्पताल मृत घोषणा गरेको थियो।

अरुण आयोजना स्थलमा अहिलेसम्म करिब ३० जना बढी मजदुरले ज्यान गुमाइसकेका छन्। परियोजनामा नेपाली र भारतीयसहित ३ हजारभन्दा बढी मजदुर कार्यरत छन्।

नेपाललाई २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावाट बिजुली निःशुल्क प्राप्त हुने सो आयोजनाबाट विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान छ। आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त गर्नेछ। निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउनेछ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP