काठमाडौँ : विपद्मा कर्मचारीहरू अत्यावश्यक काम परेको अवस्थामा मात्रै बिदामा बस्न पाउने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् व्यवस्थापनका लागि संयन्त्र परिचालन गर्दै उक्त निर्णय गरेको हो।
सरकारी‚ गैरसरकारी एवं सामुदायिक संस्थाहरूले आवश्यक पूर्वतयारी तथा खोज, उद्धार र राहतका कार्य गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्रभावकारी ढंगले काम गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ।
लाइफलाइन सडकमा भएका अवरोध तत्काल हटाउने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने बताइएको छ।
यसैगरी डेङ्गु संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै कार्यालयले श्रावण, भाद्र र असोज तीन महिना हरेक शुक्रवार बिहान ९:३० बजेदेखि सरसफाइ कार्यक्रम तथा प्रचार प्रसार अभियान सञ्चालन गर्ने भएका छन्। सर्पदंशबाट हुने मृत्युदर घटाउन सचेतना, जोखिम न्यूनीकरण र उपचारको प्रभावकारी व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय भएको छ।
मधेश प्रदेशका विभिन्न ठाउँमा खानेपानीको हाहाकार भई सुक्खा भएकाले खानेपानी तथा सिँचाइका लागि आवश्यक पहल र समन्वय गर्न गृह मन्त्रालयले मधेश प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय भएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया