Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

नवलपुरमा चैते धानको उत्पादन बढ्यो

 

 

नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा चैते धानको उत्पादनमा वृद्धि भएको छ। नवलपुरमा चैते धानको उत्पादकत्व बढेर आर्थिक वर्ष २०८१/८२ मा प्रतिहेक्टर ६.३मेट्रिक टन पुगेको छ।

आर्थिक वर्ष २०८०र८१ मा जिल्लामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर ५.९ मेट्रिक टन रहेकामा आव २०७९र८० मा प्रतिहेक्टर छ मेट्रिक टन रहेको थियो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जिल्लामा चैते धानको उत्पादकत्वसँगै उत्पादनमा वृद्धि भएको जानकारी दिए। जिल्लामा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा चैते धानको उत्पादनमा वृद्धि देखिएको उनको भनाइ छ।

आव २०७९र८० मा ६ हजार १२३ मेट्रिक टन धान उत्पादन भएकामा २०८०र८१ मा ६ हजार २४४ मेट्रिक टन तथा आव २०८१/८२ मा सात हजार ५३ मेट्रिक टन धान उत्पादन भएको काफ्लेले जानकारी दिए। काफ्लेका अनुसार चैते धानखेतीतर्फ किसानको आकर्षण बढेको छ। पर्याप्त सिँचाइ, अनुदानको व्यवस्था, उत्पादकत्वमा वृद्धि, रोग कीराको प्रकोप न्यून, अनुकूल मौसम, मलबीउको न्यून अभावलगायत कारण किसान चैते धानतर्फ आकर्षित भएका सूचना अधिकारी काफ्लेले बताए।

जिल्लामा आव २०७९/८० मा एक हजार १० हेक्टर, आव २०८०र८१ मा एक हजार ५३ हेक्टर तथा आव २०८१र८२ मा एक हजार एक सय २० हेक्टरमा चैते धानको खेती गरिएको थियो ।

यसैबीच, जिल्लामा बर्खे धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये साउन ६ गतेसम्म १५ हजार १३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको काफ्लेले जानकारी दिए। जिल्लामा यो वर्ष १८ हजार ७२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ। नवलपुरमा धान रोपाइँ हुने क्षेत्रफलको करिब ८०.२ भागमा रोपाइँ सकिएको जानकारी दिए। नेपालमा मनसुन चाँडो भित्रिएको भनिए पनि यहाँ नियमित वर्षा हुन नसक्दा धान रोपाइँ ढिलाइ भएको उनको भनाइ छ ।

नियमित वर्षा भएको अवस्थामा साउन २० गतेसम्म जिल्लामा रोपाइँ सकिने काफ्ले बताए। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP