Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अरुण नदीमा बाढीको सम्भावना, आसपास सतर्क रहन प्रशासनको आग्रह

 

सङ्खुवासभा : जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय माथिल्लो क्षेत्रमा भारी बर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्क रहन अनुरोध गरेको हो। पछिल्लो ३ घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षामापन भएका कारण अरुण नदी लगायत खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले जानकारी दिए।

माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएको र थप पानी पर्ने सम्भावना भएका कारण तटीय क्षेत्र आसपासकाका बस्तीलाई सतर्कता अपनाउन आग्रह गरेको प्रजिअ पोखरेलले बताए।

भारी वर्षाका भएका कारण अरुण नदी लगायतका खोलानाला र जिल्लाभित्र बाढी पहिरोको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सूचना जारी गरी सो क्षेत्र भएर बग्ने ससाना खोलामा आकस्मिक बहाब बढ्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले यी क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो । त्यस्तैगरी मौसम तथा पूर्वानुमान महाशाखाले पनि यो समयमा अत्यधिक वर्षा भएको र वर्षा हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP