Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जंगली च्याउ खाँदा दिदीभाइको मृत्यु, दुुई जना गम्भीर बिरामी

 

 

रुकुमपूर्व : रूकुमपूर्वमा जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु भएको छ भने आमा र छोरी बिरामी परेका छन्। ​

भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन विक र ७ वर्षिया भाग्यरेखा विकको मृत्यु भएको रूकुम पूर्व प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मङ्गलवार दिउँसो र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलवार राति पौने १२ बजे उपचारका क्रममा मृत्यु भएको हो।

च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ।

साउन २ गते राति जंगली च्याउ खाएका उनीहरु बिरामी परेपछि तीन गते उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनीहरुलाई विभिन्न जिल्लामा उपचारका लागि हिजो मात्र पठाइएको वडाध्यक्ष टेकप्रसाद बुढाले जानकारी दिए। योजनको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको र छोरी भाग्यरेखाको उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष बुढाको भनाइ छ।

रुकुम पश्चिम घर भएकी राजकुमारी श्रीमानसँगको ठाकठुकका कारण एक वर्षदेखि छोराछोरीसहित माइतीमा बस्दै आएकी थिइन्।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP