काठमाडौँ : काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा रहेका नेवार समुदायले आज गथामुगः चर्हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदैछन्। प्रत्येक वर्ष श्रावण कृष्ण पक्षको चतुर्दशीका दिन यो पर्व मनाइन्छ।
यो पर्वमा घण्टाकर्ण राक्षसको पुतला बनाई जलाउने र भूत, प्रेत र पिशाचलाई धपाउने विधि गरिन्छ। घरको मूल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वाँख र तीनमुखे फलामको किला ठोक्ने चलन छ। यसो गर्दा घरमा भूतप्रेतले दु:ख दिँदैन भन्ने जनविश्वास छ ।
परापूर्वकालमा आजको दिन टोलमा दुःख दिने राक्षसलाई समातेर जनताले दिनभर चोकमा उभ्याएर साँझ खोलामा लगेर फालिएको सम्झनामा घण्टाकर्ण पर्व मनाउने परम्परा रहेको संस्कृतिकर्मी ओमप्रकाश धौभडेलले बताउँछन्। उनका अनुसार नेवार समुदायले वर्षको पहिलो चाडको रूपमा यसलाई मनाउँछ।
लिच्छविकालदेखि मनाउँदै आएको घण्टाकर्णलाई नेवार समुदायले वर्षको पहिलो चाडको रूपमा पनि मनाउने गरेको छ। यो समुदायमा यही दिनबाट परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया