Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अर्को सन्तान जन्माउन अस्पताल जाँदा ‘पहिलोको हत्या’ अभियोगमा पक्राउ परे बाबु

 

पर्वत : कास्कीमा आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका-५ घर भई पोखरा महानगरपालिका- ९ नागढुङ्गामा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

हत्याको घटना भने करिब एक वर्षअघिको हो। गत वर्ष असोज १३ गते साँझ पोखरा महानगरपालिका–१४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा एउटा बेवारिसे जेब्रा झोलाभित्र नवजात शिशुको शव ब्लाङकेटले बेरिएको अवस्थामा फेला पारिएको थियो। पश्चिमाञ्चल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोष्टमार्टम गर्दा शिशुको घाँटी र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको भन्ने खुलेकोले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान चलेको थियो।

घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान गर्दै जाँदा बेलकोटगढीका लामिछानेलाई गत आइतबार पक्राउ गरिएको हो। डीएसपी बस्नेतका अनुसार श्रीमतीलाई सुत्केरी व्यथा लागेपछि उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको लागि आएका थिए। त्यही मौकामा लामिछानेलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

आर्थिक अवस्था दयनीय भएकाले पालन पोषण गर्न नसक्ने भएकाले छोरालाई मारेको उनले प्रहरीलाई बयान दिएको कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले बताए। गोविन्दकी श्रीमती सुभद्रा लामिछानेले अस्पतालमै फेरि अर्को बच्चा जन्माएकोले प्रहरीले उनलाई समेत निगरानीमा राखेको छ।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP