काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म कुल १ हजार ३ सय १७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सकिएको बताएका छन्।
आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले भने,‘नेपाल सरकारले रेल पूर्वाधार विकास र विस्तारका लागि तत्कालीन रेलवे निर्माण आयोजना मार्फत मेची–महाकाली विद्युतीय रेलमार्ग र पोखरा–काठमाडौं विद्युतीय रेलमार्ग समेत गरी कुल १ हजार ३ सय १७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ।’
उनले पोखरा–काठमाडौँ–लुम्बिनी रेलमार्गका लागिसमेत स्रोत खोजी गर्ने सन्दर्भमा मित्रराष्ट्र चीनको सहयोगमा प्रारम्भिक सम्भाव्यता अध्ययन भएको जानकारी दिए।
‘सम्भाव्यता एवं विस्तृत अध्ययनका आधारमा रेलवे पूर्वाधारहरूको निर्माण कार्य क्रमशः अगाडि बढाइनेछ,’उनले भने। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया