पर्वत : विदेशस्थित नेपाली दूतावासहरूमा ‘फोन’ नउठ्दा समयमा नै जानकारी लेनदेनमा समस्या भएपछि अब ‘एआई च्याटबट’ र ‘कल सेन्टर’ सञ्चालन गरिने भएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठले यसको बारेमा जानकारी गराउँदै काम अन्तिम चरणमा पुगेको बताए। फोन नउठ्ने र समयमा नै आवश्यक जानकारी नपाइने समस्याको समाधानका लागि बनाइएको ‘आर्टिफिसियल इन्टिलिजेन्स’ र ‘कल सेन्टर’ को काम अबको केही हप्ताभित्रमा नै ‘पाइलट प्रोजेक्ट’ को रूपमा दुबईबाट शुरु गर्ने तथा यो प्रविधि अन्य देशमा पनि छिट्टै लागु हुने श्रेष्ठले बताए।
विदेशस्थित नेपाली दूतावासमा अत्यधिक ‘फोन कल’ आउने तर कर्मचारीको सङ्ख्या अत्यन्त न्यून हुँदा ‘फोन’ नउठ्ने समस्याको समाधान गर्न यो काम भइरहेको उनको भनाइ छ। श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र एनआरएनएबीचको सहमति अनुसार श्रम संसार एपमा ‘च्याटबट’ र ‘कल सेन्टर’ लाई एकीकृत गर्ने अन्तिम चरणमा पुगेको श्रेष्ठले जानकारी दिए।
यसको तयारीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी, परराष्ट्र मन्त्रालयको प्राविधिक टोली समक्ष एनआरएनएको प्राविधिक टोलीले ‘डेमो’ समेत प्रस्तुत गरेको छ। मन्त्री भण्डारीसँगको छलफलमा उक्त ‘प्रणाली’ लाई ‘पाइलट प्रोजेक्ट’ को रुपमा यूए।ईबाट शुरु गरी क्रमशः सबै देशमा लागू गर्दै जाने सहमति भएको पनि आइ।सी।सी। का अध्यक्ष महेश कुमार श्रेष्ठले बताए थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया