Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

झापामा पैदलयात्रीको मृत्यु, ठक्कर दिएर भागेको गाडी र चालक नियन्त्रणमा

 

झापा : झापाको मेचीनगरमा एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हिजो साँझ साडे ७ बजे मेचीनगर–१२, सहरेडाँगीस्थित मेची राजमार्गमा भएको थियो। इलामबाट चारआलीतर्फ आउँदै गरेको मे १ च ६१३१ नम्बरको स्कारपियोले एकजना पैदलयात्रीलाई ठक्कर दिएर भागेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, सो स्कोरपियो र त्यसका चालक झापा हल्दीवारी–१ बस्ने ४८ वर्षीय गजेन्द्रबहादुर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ।

स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृतकको अझै पहिचान खुलेको छैन। अन्दाजी ४५–४६ वर्षका ती पुरुष गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइपुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार, मृतक मागेर हिँड्ने व्यक्ति भएको बताइएको छ। उनको साथबाट सहयोगको अपिलसहितको सिफारिस पत्र, काँचो मासु, पाउरोटी र ११ हजार रुपैयाँ फेला परेको जनाइएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP