Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

आहा ! ढुङ्गामाथि पोखरी

 

सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।

बास्थला गाउँभन्दा करिब तीन–चार किलोमिटर माथि डाँडामा बाक्लो जङ्गलको बीचमा रहेको ठूलो ढुङ्गाको बीचमा करिब ११ मिटर लामो, ६ मिटर चौडाइ र तीन मिटर गहिराइको पोखरी वर्षभरि कहिल्यै सुक्दैन।

स्थानीय कुवेर राईका अनुसार यो पोखरीमा साक्षात देवताको बास रहेको विश्वास छ।

राई, कुलुङ र मेवाहाङ समुदायको बसोबास रहेको यस क्षेत्रका गाउँलेले मबहान पर्वका अवसरमा यहाँ पूजाआजा, धूपबत्ती बाल्ने र प्रसाद ग्रहण गर्ने स्थानीय बज्रमान राईले बताए। नागदेवतासँग सम्बन्धित मान्यताका कारण यहाँ बली वा कुनै हिंसात्मक कार्य निषेध गरिएको छ।

बाबुबाजेको पालादेखि पूजा हुँदै आएको यो पोखरीलाई धार्मिक र पर्यटकीय दृष्टिले विकास गर्ने प्रयास भइरहेको स्थानीय धनराज राईले जानकारी दिए।

उनका अनुसार गाउँलेको जनश्रमदान र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पोखरीसम्मको बाटो मर्मत गरिएको छ। साथै, भक्तजनका लागि प्रतीक्षालय निर्माण भइसकेको। अब मन्दिर निर्माण गर्ने योजना रहेको राईले बताए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP