काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो भने चाँदी पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया