Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

दाङका शशीधरले गरे कुकुरको किरिया !

 

 

दाङ

मानिसको मृत्यु भएपछि किरिया गरेको त सबैलाई थाहा छ तर कुकुरको पनि किरिया हुन्छ ? भन्दा अचम्म लाग्नु स्वभाविक हो ।

तुलसीपुर उपमहानगरपालिका–१७, मानपुरका शशीधर पौडेलले घरपालुवा कुकुरको मृत्यु भएपछि मानिसको जस्तै किरिया गरेका छन् ।

नौ वर्षको उमेरमा साउन ६ गते मृत्यु भएको कुकुरको पौडेलले ९ दिनसम्म किरिया गरी अन्तिम संस्कार सम्पन्न गरेका छन् ।

‘मानिसको आत्मीयता मानिससँग मात्रै हुँदैन, घरपालुवा जनावरसँग पनि हुन्छ’, भन्ने सन्देश उनको कर्मले दिएको छ । आफ्नै सन्तानका रुपमा हुर्काएको कुकुरको मृत्यु भएपछि मर्माहत भएर किरिया गरेको पौडेलले बताए ।

वडा नम्बर १७ का सदस्यसमेत रहेका पौडेलले नवौं दिनमा आफन्तहरुलाई बोलाएर कुकुरको श्रद्धाञ्जली सभासमेत गरेका छन् । कुकुरको नाम थियो रमी । उनले रमीलाई अन्य सन्तान सरह हुर्काएका थिए ।

‘घरको हेरदेख गर्ने, मानिसलाई चिन्ने र गुणी प्राणी भएकाले यस कुकुरले परिवारको मन जितेको छ,’ उनले भने,‘सँधै मसँगै मोटरसाइकलमा चढेर जता पनि सँगै जान्थ्यो । एकछिन पनि नछोड्ने भएकाले सन्तानका रुपमा माया पायो ।’

साउन ६ गते कुकुर एकाएक घरबाट हराएको र कसैले मारेर फालिदिएको उनले बताए । धेरै ठाउँमा खोज्दा पनि नभेटिएपछि अन्तमा मरेको निश्चित गरी किरिया गरेको उनले बताए ।

कुकुरले घरको सबै हेरचाह गरी परिवारले खाना खाए नखाएको समेत ख्याल गर्ने गरेको उनले बताए । ‘हाम्रो भाषा बुझ्थ्यो । घरमा कसैलाई आउन नदिनू, राम्रोसँग हेर्नू भनेपछि हामी ढोका नलगाएर घरबाट निस्कन्थ्यौं,’ उनले भने,‘नराम्रो बिराउ केही गरेन । मानिस जस्तै ज्ञानी र गुणी थियो ।’

हेर्दा यो सामान्य घटना भए पनि मानवीय संवेदनाका हिसाबले मर्मस्पर्शी भएको तुलसीपुर उपमहानगरपालिका वडानं। १७ का अध्यक्ष थलराज पुरीले बताए । ‘कुकुर इमान्दार र बफादार प्राणी भएकाले यसबाट मानिसले सिक्नुपर्ने धेरै कुरा छन्,’ उनले भने, ‘यही व्यवहारका कारण कुकुरले मानिस सरह माया, प्रेम र सम्मान पायो । अन्य प्राणीलाई पनि मानिस जस्तै व्यवहार गर्नुपर्छ भन्ने सन्देश यहाँबाट मिलेको छ ।’  वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP