Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

यामाहाको डिलर मिट – २०२५ सम्पन्न

 

 

काठमाडौं : यामाहा नेपालले “ब्लू राइज-वी राइज एज वान” भन्ने मूल नाराका साथ वार्षिक डिलर मिट २०२५ सम्पन्न गरेको छ।

एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित दुई दिने जमघटमा नेपालभरबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए।

पहिलो दिनको कार्यक्रम सेल्स र मोटिभेसनमा केन्द्रित रह्यो, जहाँ सौरभ लोहनीले सेल्स एण्ड बिजनेस ट्रेनिंग सेसन सञ्चालन गरेका थिए। यस सेसनले सहभागीहरूलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यवहारिक रणनीतिहरू प्रस्तुत गर्नुका साथै विशेषगरी डिलरशिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको थियो।

दोस्रो दिनको कार्यक्रममा यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने कुराहरू मुख्य हाइलाइटका रूपमा देखिएका थिए। कार्यक्रम एमएडब्लू राइड्सका सीइओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालको सम्बोधनबाट सुरु भएको थियो। उनले सम्पूर्ण डिलरहरूलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागहरूले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा त्यसको प्रशंसा पनि गरे।

यस पश्चात् विभिन्न विभागले आर्थिक वर्ष ०८१/०८२ को समग्र गतिविधि र उपलब्धिहरूको समीक्षा एवम् आगामी वर्षको रणनीतिक योजना समेटेर आ-आफ्ना प्रस्तुतिहरू दिएका थिए। त्यसै अवसरमा MT-15 V2 को आइस स्टोर्म र FZ-S V3 को आइस फ्लुओ भर्मीलिओन नामक दुई नयाँ र आकर्षक कलर भेरियन्टहरूको पनि अनावरण गरिएको थियो, जसले आफ्नो बोल्ड र एस्थेटिक डिजाइनका कारण सहभागीहरूको ध्यान खिचेको थियो।

एमएडब्लू सोलिडारिटी फन्ड अन्तर्गत एक भावुक प्रयासका रूपमा फन्ड समिति सदस्य तथा चितवनका डिलर प्रतिनिधि केजीएस ट्रेडिंगकन्सर्न, महेन्द्रनगरलाई एक सोलिडारिटी चेक प्रदान गरे। गत वर्षको बाढीका कारण केजीएसको वर्कशप र भौतिक संरचनामा भएको गम्भीर क्षतिको सन्दर्भमा गरिएको यस सहयोगले संकटका समयमा आफ्ना साझेदारहरूप्रति यामाहाको बलियो साथ र प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

भेटघाट कार्यक्रमलाई नेपाल क्रिकेट संघका सचिव तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काको मन्तव्यले थप ऊर्जावान् बनायो। उनले आफ्ना नेतृत्वदायी यात्रा र टिमवर्क तथा लक्ष्यप्रति समर्पणका अनुभवहरू साझा गर्दै सहभागीहरूलाई प्रेरित गरे।

योसँगै एमएडब्लू राइड्स प्रा.लि.का अध्यक्ष विष्णु कुमारअग्रवालले सम्बोधन गरेका थिए। उनले यामाहाको साझा दृष्टिकोण, एकतामा आधारित कम्युनिटी निर्माणको महत्व र आगामी आर्थिक वर्ष भर आफ्ना डिलर नेटवर्कलाई सशक्त साथ दिने प्रतिबद्धता दोहोर्याए।

त्यसपछि पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा A0, A1, A2र A3 श्रेणीका उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो। साथै, “ड्रिम टार्गेट” प्राप्त गर्नेहरू र विशिष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP