Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

आमरण अनशनरत नगरप्रमुख भट्टराईले आज १ बजे पत्रकार सम्मेलन गर्दै

 

काठमाडौं : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आज(शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएका छन्। उनले अनिश्चितकालीन आमरण अनशनको तेस्रो दिन सम्म आइपुग्दा भए/गरिएका गतिविधि सार्वजनिक गर्नको लागि पत्रका सम्मेलन गर्न लागेका हुन्।

नगरपालिकाका प्रवक्ता दिनेश कुमार घिमिरेका अनुसार दिउँसो १ बजे माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरिँदै छ। नगर प्रमुख भट्टराईले यही साउन ११ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा बाँदर लगायत अन्य वन्यजन्तुबाट कृषी तथा खाद्यान्न उत्पादनमा पुर्‍याएको क्षति, विश्वव्यापी जलवायु परिवर्तन, पर्यावरणीय संकट तथा बाँस, गाँजा लगायतका वनस्पतिको बिल्डिङ कोड र नम्स तयार गर्दै स्थानीय श्रोत साधनको समुचित उपयोगसँग सम्बन्धित ७ बुँदे माग सहित सत्याग्रहको घोषणा गरेका छन्।

‘उक्त सत्याग्रह १३ गतेको अवधि सम्ममा पनि नेपाल सरकारबाट सत्याग्रहका मागहरूलाई सम्बोधन गर्न औपचारिक रुपले कुनै गम्भीर चासो नदेखाए पछि सत्याग्रहको पूर्व घोषित दोस्रो चरणको कार्यक्रम अन्तर्गत नगर प्रमुखज्यूले १४ गतेदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नु भई अनशनरत अवस्थामा १४ गतेका दिन रातीबाट उहाँको स्वास्थ्यमा एक्कासी समस्या आई वीर अस्पतालमा भर्ना गरिएको छ,नगर प्रमुखज्यूले सत्याग्रहको घोषणा गर्नु भएको आज छैटौं दिन अर्थात् अनिश्चितकालीत आमरण अनशनको तेस्रो दिन सम्म आइपुग्दा भए/गरिएका गतिविधि सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको हो,’उनले भने।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP