Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मधेशका केही जिल्लामा भारी वर्षा

 

काठमाडौँ : मधेश प्रदेशका केही जिल्लामा शनिबार भारी वर्षा भएको छ। २४ घण्टामा मधेशका केही जिल्लामा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर वर्षा भएको छ। धनुषाकै हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको महाशाले जनाएको छ। यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगञ्जमा ४६.४ मिलिमिटर वर्षा भएको छ।

यसैगरी, महाशाखाले मधेश प्रदेशका अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ। सर्लाहीमा ३७.६, महोत्तरीको गौशाला स्टेसनमा ३२.४ मिलिमिटर वर्षा भएको छ भने सिरहा र सप्तरीमा भने वर्षा कम भएको छ।

२४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम भनिन्छ।

आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ।

बर्खाको समयमा लामो समयसम्म वर्षा नभएपछि मधेश प्रदेशलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP