Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

एनएमबि बैंकले नेपाल प्रहरीलाई दियो उद्धार सामग्री

 

काठमाडौँ : मनसुनको समयमा देखिने आकस्मिकता र सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै, एनएमबि बैंकले नेपाल प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ। बैंकले १६ वटा सेल्फ-लेभलिङ राफ्ट, लाइफ ज्याकेटसहितका आपतकालीन उद्धार उपकरण २० श्रावण, मंगलबार काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा हस्तान्तरण गरेको हो।

कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द भट्टले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई ती सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे। हस्तान्तरण गरिएका सामग्रीमा राफ्ट र लाइफ ज्याकेटसहितका बाढी, डुबान र जलजन्य विपद् व्यवस्थापनमा प्रयोग हुने अन्य अत्यावश्यक उपकरण छन्।

मनसुनको समयमा बाढी, डुबान तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले, यस सहयोगबाट प्रहरीको उद्धार क्षमतामा सघाउ पुग्ने अपेक्षा एनएमबि बैंकले लिएको छ।

एनएमबि बैंकले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलगायत सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ। बैंकले यस्ता पहलबाट समुदायप्रति आफ्नो प्रतिबद्धता झल्किएको विश्वास समेत व्यक्त गरेको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP