Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

 

काठमाडौँ : जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। भेरी नगरपालिका- १ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो। उनी भेरी नगरपालिका-१ डौँरीकाँडाका हुन्।

प्रहरीका अनुसार खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लब मुसिकोट १३ को नाममा रहेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो

अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाले गए राति १ बजे उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको जानकारी दिए। स्थानीयवासीले बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खबर गरेको थापाले बताए।

घटनास्थलमा प्रहरी पुगेर मुचुल्का लगायतको काम गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउन लागेको बताइएको छ।    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP