Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

 

भोजपुर : वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि भोजपुरका किसान मारमा परेका छन्। मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि किसान हैरान भएका छन्।

बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम धोद्लेखानीलगायत यहाँका नौवटै स्थानीय तहमा बाँदरले दुःख दिने गरेको छ। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ।

बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई- ६ का स्थानीय राजेन्द्र राईले बताए। बाँदरको आतङ्क बढ्दै जाने हो भने बस्ती नै खाली हुने उहाँको भनाइ छ। “हामी किसानको प्रमुख समस्या नै बाँदर बनेको छ’, उनले भने, ‘वर्षभरि दुःख गरेर उत्पादन गरेको कमाई छिनभरमा सखाप पार्ने भएकाले गाउँघरमा बस्न सक्ने अवस्था छैन। बाँदरका कारण बर्सेनी बस्ती खाली हुँदै गएको छ।’

भोजपुर नगरपालिका क्षेत्रमा बादर आतङ्क बढेकाले बस्ती खाली बन्दै गएको स्थानीयकमल तामाङले बताए। बाँदरले खेतमा पसेर भर्खर रोपेको धानको गुबो नै नष्ट गरिदिने गरेको उनको भनाइ छ। बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय तल्लो क्षेत्रका स्थानीयले गाउँ नै छाड्न थालेका छन्। ‘बाँदरले गाउँघरमा सहज रूपमा उत्पादन गरेर खाने अवस्था छैन”, उनले भने, ‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ। बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव छैन।

बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन्। स्थानीयले ससाना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन्। बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ। बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको बताइ  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP