Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पहिरोको जोखिमले मङ्गलवार रातिदेखि बेनी–मुस्ताङ सडक खण्ड बन्द रहने

 

 

पर्वत : वर्षाका कारण खस्न सक्ने पहिरो र रातीको समयमा सवारी सञ्चालनमा हुन सक्ने चुनौतीलाई ख्याल गरेर हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक खण्ड मङ्गलवार रातीदेखि बन्द हुँदै छ।

वर्षा, पहिरो, बिग्रिएको बाटो लगायतका समस्याका कारण कठिनाइका साथ सवारी सञ्चालन हुने गरेकोमा रातीको समयमा झनै जोखिम हुने भएको भन्दै जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले अनिश्चित कालिन समयका लागि सडक बन्द गर्ने निर्णय गरेको हो। सोमबार बसेको समितिको बैठकले अर्को सूचना जारी नहुने बेलासम्मका लागि मङ्गलवार रातीदेखि लागू हुने गरी उक्त निर्णय गरेको जिल्ला सुरक्षा समिति मुस्ताङका सदस्य सचिव तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए।

मनसुनजन्य प्रभावका कारण बाढी पहिरोको जोखिम कायमै रहेकोले मुस्ताङको घाँसादेखि म्याग्दीको बेनीसम्म आउजाउ गर्ने सवारीहरूलाई साँझ छ बजेदेखि बिहान पाँच बजेसम्मका लागि सञ्चालन गर्न बन्द गरिएको उनको भनाइ छ। दिउसोको समयमा यात्रु र चालक सबैको चलाखीको कारण दुर्घटनाको जोखिम केही हुने भए पनि रातीको समयमा भने चलाखी पनि कम हुन सक्ने तथा समस्या आएको बेलामा सहयोगका लागि समेत तत्काल प्रबन्ध हुन कठिन हुने भएकोले जोखिम न्यूनीकरणका लागि सडक खण्ड बन्द गर्ने निर्णय भएको हो।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकले मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्छ। ७६ किलोमिटरको लम्बाइको बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीका विभिन्न ठाउँहरूमा जोखिम धेरै हुने गरेको छ। भिरालो जमिनमा बनेको चुनौतीपूर्ण सडक, भूमिगत पानी, कमजोर भू बनावटका सडकमा बेला बेलामा पहिरो आउने गरेको छ भने उक्त सडकमा कहिलेकाहीँ सुख्खा पहिरो समेत खस्ने गरेको छ।

जिल्ला सुरक्षा समिति मुस्ताङले म्याग्दी जिल्लासँग समेत आवश्यक समन्वय गरेर रातीको समयमा सवारीहरू बन्द गरेको हो। मुस्ताङबाट बाहिरिने सवारीहरूलाई मुस्ताङबाटै रोकिए पनि मुस्ताङमा भित्रिने सवारीहरू म्याग्दीको बेनी हुँदै जाने भएकोले ती सवारीहरूलाई रोक्नको लागि म्याग्दी जिल्लासँग सहकार्य भएको हो। बेनीबाट जोमसोमका लागि छुट्ने सवारीसाधनलाई गलेश्वर क्षेत्रमा र मुस्ताङबाट बेनीका लागि छुट्ने सवारीसाधनलाई घाँसामा रोकिने छ।

प्रशासनको यो निर्देशन लागू हुने अवधिसम्म मुस्ताङमा जाने सवारीसाधन साँझ साढे पाँच बजेभित्रमा मुस्ताङको सिमानामा पुगिसक्नुपर्ने छ भने मुस्ताङबाट बेनी आउने सवारीसाधन साँझको छ बजे भन्दाअघि नै छुट्नुपर्नेछ। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गतको यो सडक खण्डमा दर्जनौँ पहिरोहरू छन्।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP