Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

नगरवासीको जीवनस्तर उकास्न के गर्दैछ गरुडा नगरपालिका?

 

रौतहट : गरुडा नगरपालिकाले कृषिलाई प्राथमिकतामा राख्दै जनताको आय वृद्धि र आत्मनिर्भरता सुनिश्चित गर्न ठूलो लगानी गरेको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित नगरप्रमुख कन्थमणिप्रसाद जयसवालले पदभार सम्हालेदेखि नै कृषक हितका नीतिहरू लागू गर्दै आएका छन्। जयसवालका अनुसार, निर्वाचित भएपछिकै पहिलो निर्णयमध्ये एक किसानका लागि कृषि मिटर निःशुल्क गर्ने थियो।

सोही अनुरूप किसानले खपत गरेको कृषि मिटरको सम्पूर्ण बिल भुक्तानी पालिकाले नै गर्दै आएको छ। खेतमा सिँचाइ सहज बनाउन खेतखेतमा ३०० भन्दा बढी पोल गाडेर कृषि मिटर जडान गरिएको छ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत सञ्चालित “कृषि, पशु, डेरी यान्त्रीकरण तथा भैँसी वितरण कार्यक्रम अन्तर्गत केही दिन अगाडि नगरभित्रका कृषकहरूलाई सामग्री तथा भैँसी वितरण गरिएको छ। वितरण सामाग्रीमा १४० वटा भैँसी, ५७ वटा विद्युत मोटर, ५४ वटा पम्पसेट, २० वटा मिल्क्यान, १ हजार र २ हजार लिटर क्षमताका चिलिङ भ्याट, ८०० लिटर क्षमताका डिफ्रिज, दुईवटा मिल्क पम्प, तीनवटा मिल सेपरेटर लगायतका उपकरण समावेश छन्।

यस्तै पालिका भित्र तीनवटा कुखुराको खोर र तीनवटा पोखरी निर्माण सम्पन्न भइसकेको छ भने कोल्ड स्टोर, एग्रोमार्ट र बजार सेड निर्माण कार्य क्रमिक रूपमा अगाडि बढिरहेको छ।

गरुडा नगरपालिका-१ जयनगरका किसान सुरेश यादवले भने, पहिले दूध बेच्न टाढासम्म जानुपर्थ्यो, तर अब मिल्क्यान र चिलिङ भ्याट पाएपछि गाउँमै दूध संकलन गरेर बिक्री गर्न सजिलो भएको छ। यसले समय र खर्च दुबै बचत हुन्छ।

वडा नं–५ का कृषक रामबाबु साह भन्छन्, पम्पसेट र भैँसी पाएपछि खेतमा सिँचाइ र दूध उत्पादन दुवैमा फाइदा पुगेको छ।

गरुडा नगरपालिका-३ मलाही टोलकी गीता देवीका अनुसार विद्युत मिटर र पम्पको अभावले पहिले खेतीमा ठूलो समस्या थियो। अहिले पालिकाले सहयोग गरेपछि खेती गर्न उत्साह बढेको छ र उत्पादन पनि बढ्नेमा हामी ढुक्क छौं।

नगरपालिकाले कुलो सरसफाइ र कृषि सडक निर्माणलाई समेत प्राथमिकतामा राखेको छ। जयनगर, गेडही, मलाही टोल लगायत पाँचवटा वडामा कृषि सडक निर्माण भइसकेको नगरप्रमुख जयसवालले जानकारी दिए।

उनले भने, ‘संघ र प्रदेश सरकारसँगको सहकार्यमा किसानको जीविकोपार्जन उकास्ने दीर्घकालीन योजना कार्यान्वयन भइरहेको छ। किसानको कुनै पनि समस्या पर्न नदिने उद्देश्यले कृषिमा निरन्तर लगानी गरिरहेका छौं।’

गरुडा नगरपालिकाले आगामी वर्षहरूमा पनि कृषिजन्य भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा अझ ठूलो लगानी गर्ने लक्ष्य राखेको नगरप्रमुख जयसवालको भनाइ रहेको छ। कृषिमा ठूलो लगानी गर्दै आएका गरुडा नगरपालिकाले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणलाई पनि समान प्राथमिकतामा राखेर विकासका काम अघि बढाइरहेको छ।

नगरप्रमुख जयसवालका अनुसार, महानगरवासीको जीवनस्तर उकास्न कृषि मात्र होइन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुदृढीकरण अनिवार्य भएकाले पालिकाले सबै क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेको छ।    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP