पर्वत : मनसुन देशको पूर्वी क्षेत्रमा भन्दा पश्चिमी क्षेत्रमा सक्रिय भएसँगै देशभरमा सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशको पञ्चासे र लुम्लेमा मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न केन्द्रहरूमा गरेको मापन अनुसार पछिल्लो २४ घण्टामा कास्की, पर्वत र स्याङ्जाको सिमानामा रहेको पञ्चासेमा सबैभन्दा बढी वर्षा भएको छ। यो समाचार तयार पार्दासम्म पञ्चासे क्षेत्रमा १४० मिलिमिटर वर्षा भएको छ। अब करिब २ मिलिमिटर थप वर्षा भएमा उक्त क्षेत्रमा अति भारी वर्षा भएको मानिने छ।
विभागले मौसमको अवस्थाको बारेमा नागरिकलाई सूचना दिएर वर्षाको अवस्थालाई फरक–फरक रङहरूमार्फत चेतावनी तथा पूर्व सावधानीहरू जारी गर्ने गरेको छ। खैरो रङले वर्षा नै नभएको शून्य मिलिमिटर, हलुका खैरो/सेतोले शून्य दशमलव पाँच मिलिमिटरसम्मको झीनो वर्षा, निलो रङले एक देखि ८० मिलिमिटरसम्मको हल्कादेखि मध्यम वर्षा, हरियोले ८० देखि १०० मिलिमिटरसम्मको मध्यमदेखि भारी वर्षा, पहेँलोले १०० देखि १२० मिलिमिटरसम्मको भारी वर्षा, गाढा पहेँलोले एक सय २० देखि एक ४० मिलिमिटरसम्मको धेरै भारी वर्षा र रातोले १४० मिलिमिटर र त्यो भन्दा माथिको अति भारी वर्षालाई जनाउने गरेको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरकै दोस्रो बढी वर्षा कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्लेमा मापन गरिएको छ। नेपालकै सबैभन्दा धेरै वर्षा हुने भएकोले ‘नेपालको चेरापुञ्जी’ का रूपमा समेत परिचित त्यहाँ एक सय २९ दशमलव छ मिलिमिटर वर्षा भएको छ।
देशभरमा तेस्रो धेरै वर्षा गुल्मीको भर्सेमा भएको मापन भएको छ। त्यहाँको केन्द्रले पछिल्लो २४ घण्टामा १०३.२ मिलिमिटर वर्षाको मापन गरेको छ। चौथो धेरै वर्षा १००.६ मिलिमिटर इलामको कन्याममा रहेको चिया बगानमा भएको मौसम विज्ञान विभागले उल्लेख गरेको छ।
देशभरको अवस्था हेर्दा गण्डकी प्रदेशका विभिन्न स्थानसहित यस आसपासका क्षेत्रहरूमा धेरै वर्षा भइरहेको छ। कास्कीको रिभानमा ९७ मिलिमिटर, गोरखाको जैमिरेबारीमा ९५.८ मिलिमिटर, पोखरामा ९०.६, स्याङ्जाको पञ्चमूलमा ८१.२, कास्कीको घलेखर्कमा ८५.६ मिलिमिटर, कास्कीको लामापाटनमा ७०.२ मिलिमिटर, याम्जाकोटमा ७४.६ मिलिमिटर, पर्वतको कुश्मामा ६७.६ मिलिमिटर, कास्कीको छोम्रोङमा ६६.२ मिलिमिटर, म्याग्दीको तातोपानीमा ४३.४ मिलिमिटर वर्षा भएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया