Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

ट्रम्प र पुटिनबीचको वार्ता निष्कर्षविहीन

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन बनेको छ। एंकोरेज सहरमा तीन घण्टासम्म चलेको वार्ता युक्रेन युद्ध विराममा केन्द्रित भए पनि कुनै सहमति नजुटेको अधिकारीहरूले जनाएका छन् ।

वार्तापछि ट्रम्पले आफूहरु सम्झौतासम्म नपुगेको बताए। रुसी राष्ट्रपति पुटिनले पनि वार्ता सकारात्मक रहेको बताए पनि सम्झौतासम्म नपुगेको जानकारी दिए। उनले तत्काल स्थायी सहमतिको सम्भावना नरहेको बताए। शुरुमा दुई राष्ट्रपति बीच वार्ता भएको र त्यसपछि दुवै नेताले आफ्ना सहयोगी राखेर वार्ता गरेको जनाइएको छ ।

अमेरिकाबाट पूर्व विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टीभ विटकॉफ सहभागी थिए भने रुसबाट विदेशमन्त्री सर्गेई लाभरोव र विदेश नीति सल्लाहकार यूरी उशाकोव सहभागी थिए। वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वा युक्रेनका कुनै प्रतिनिधिको उपस्थिति थिएन । वार्ताअघि जेलेन्स्कीले रूसबाट युद्ध अन्त्य गर्ने कुनै संकेत नआएको भन्दै आफू सहभागी नहुने वार्ता निष्कर्षमा पुग्न नसक्ने बताएका थिए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP