Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गतको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ।

सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित मानिएको अवार्ड हो। ग्लोबल आइएमई बैंकलाई यो अवार्ड ग्राहक सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, नयाँ प्रविधिको प्रयोग, वातावरणीय-सामाजिक क्षेत्रमा गरिएको लगानी तथा उच्चस्तरीय कार्यसम्पादनका आधारमा प्रदान गरिएको हो।

युरो मनी म्यागजिन बैंक तथा वित्तीय क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि चर्चित छ। यस समूहमा बैंकिङ क्षेत्रमा ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू संलग्न छन्।

यस वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेस्रो पटक ‘बेस्ट बैंक’ को सम्मान प्राप्त गर्न सफल भएको हो। यसअघि बैंकले २०२२ र २०२४ मा पनि युरो मनी अवार्ड फर एक्सलेन्सअन्तर्गत बेस्ट बैंक अवार्ड जितेको थियो। साथै, ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको मान्यता पनि पाइसकेको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सबै ७७ जिल्लामा शाखा सञ्जाल फैलाउने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकसँग ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान भइरहेको छ।

बैंकले भुक्तानी प्रणालीसँगै रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ। अमेरिकासहित संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत मुलुकहरूबाट रेमिट्यान्स भित्र्याउँदै नेपाली नागरिकलाई सेवा दिँदै आएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP