Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पर्वतका ७४ हजार बढी पशुलाई विभिन्न रोग विरुद्धका खोप

 

पर्वत : गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई विभिन्न रोगहरू विरुद्धको खोप लगाइएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारका अनुसार एक वर्षको अवधिमा जिल्लाका सात वटा स्थानीय तहका ७४ हजार ६२६ पशुलाई तीन प्रकारका खोपहरू दिइएको हो। खोप पाउने पशुमा कुश्मा नगरपालिकाका १३ हजार ११३, फलेवास नगरपालिकाका १३ हजार ९८९, जलजला गाउँपालिकाका १० हजार २८८, मोदी गाउँपालिकाका १२ हजार ७५५, महाशिला गाउँपालिकाका आठ हजार ८७२, बिहादी गाउँपालिकाका छ हजार ८४१ र पैयुँ गाउँपालिकाका आठ हजार १६९ रहेका छन्।

गाई भैँसी भेडा बाख्रा बंगुरमा लाग्ने रोग बिरुद्धको एफ.एम.डी, भेडाबाख्रामा महामारीजन्य रोगको रुपमा लाग्ने रोग बिरुद्ध पि.पि.आर र रेबिज रोग बिरुद्धको खोप ए.आर.भी गरी तीन प्रकारका खोपहरू झण्डै ९० लाख रुपैयाँको लागतमा लगाइएको प्राविधिक परियारले बताए। पि.पि.आर खोप विगतदेखि नै सरकारले दिँदै आएकाले कृषकहरूले किन्नु नपर्ने गरी निःशुल्क रुपमा नै पशुलाई लगाउने गरिएको छ।

एआरभी (एन्टी रेबिज भ्याक्सीन) कुकुरलाई लगाउने खोप हो। नेपाल सरकारले सन २०३० सम्म कुकुरको टोकाईबाट हुने रेबिज रोगबाट हुने मृत्यूलाई शून्य बनाउने लक्ष्य अनुसार यो खोप लगाउने गरिएको छ। गाई, भैँसी र, बंगुर लगायतमा लाग्ने रोग विरुद्धको एफ.एम.डी खोप जिल्लामा २०७७ सालदेखि लगाउन सुरु गरिएको हो। विगतमा गाउँका किसानको पहुँचमा खासै नपुगेको यो खोप व्यवसायिक ‘फार्म’ मा पालिएका पशुलाई मात्रै लगाउने र विशेष गरी खोरेत रोग देखिएमा मात्रै लगाउने गरिएको थियो।

तर पछिल्लो समयमा भने प्रदेश सरकारमार्फत सवै वडाहरूमा पुगेर अनिवार्य रुपमा पशुलाई यो खोप दिने गरिएको छ।

जिल्लाका सबै स्थानीय तहहरूमा करिब एक सय जना खोपकर्ताहरू परिचालन गरेर कुनै ठाउँमा पनि नछुट्ने गरी खोप अभियान सञ्चालन गरेको बताउँदै प्राबिधिक परियारले खोप नलगाएर पशुहरू असुरक्षित हुने र कृषकलाई ठूलो क्षति हुन सक्ने जोखिम रहेको बताए। कतिपय ठाउँमा रोग लागेपछि मात्रै उपचारको लागि खोप दिने हो भन्ने मान्यता रहेका कारण बुझाउन समस्या हुने गरेको बताउँदै उनले पछिल्लो समयमा भने कृषकहरू पूर्व सावधानीको विषयमा सचेत रहेको जानकारी दिए। ब्याउने अवस्थाका, बिरामी, चोटपटक लागेर अन्य प्रकारको औषधिको प्रयोग भइरहेका, भर्खर बाली भएको अवस्थामा रहेका पशुहरूबाहेक अन्य सबै पशुले यो खोप पाएको परियारले बताए।

‘पशुहरू बिरामी परेपछि मात्रै उपचारको लागि खोप लगाउनुपर्छ भन्ने मान्यता बिस्तारै हट्दै जाँदा पनि खोप अभियानहरू सफल बन्दै गइरहेका छन्। व्यवसायिक फार्महरूमा मात्रै नभएर जति पालिएका छन ती सबै पशु सुरक्षित हुनुपर्छ भन्नेमा कृषकहरू सचेत बन्दै जानुभएको छ’, उनले भने, ‘खोपले रोगबाट सुरक्षित राख्दा कुनै रोग वा प्रकोपबाट कृषकले भोग्नुपर्ने साना ठूला क्षतिमा न्यूनीकरण भएको छ। अर्कोतर्फ पशु स्वस्थ हुँदा मानव स्वास्थ्य पनि स्वस्थ हुने नै भयो।’

जिल्लाका ६१ वटै वडाका २० हजार बढी घरमा पालिएका पशुमध्ये २७ हजार ५१५ लाई एफ.एम.डी, ४३ हजार २६५ लाई पि.पि.आर र तीन हजार ६४४ पशुलाई ए.आर.भी खोप लगाइएको हो। विगतका वर्षमा यी खोपहरू लगाउनुको लागि वार्षिक करिब ९० लाख रुपैयाँ खर्च हुने गरेको कार्यालयका निमित्त प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीले बताए। चालु आर्थिक वर्षका लागि भने ८० लाख रुपैयाँ बजेट आएको उनको भनाइ छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP