Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

रोल्पामा विद्यालयबाट फर्किँदै गरेका बालबालिकालाई अरिङ्गालले टोक्यो, एकको मृत्यु ६ घाइते

 

 

रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा गैरीगाउँस्थित वीरेन्द्र माविका ७ विद्यार्थीलाई अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ।

बिहीबार विद्यालयबाट घर फर्कँदै गरेका बेला ७ बालबालिकालाई घर नजिकैको तिला जंगलमा अरिंगालले टोकेको थियो।

शिशु कक्षाका ७ वर्षीय बालक मोहन परियारको रोल्पा अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको हो। गम्भीर घाइते बालबालिकाको उपचार भइरहेको छ। घाइतेलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको रोल्पा प्रहरीले जनाएको हो।

विद्यालयका प्रधानाध्यापक बरमन बुढाका अनुसार घाइते विद्यार्थीलाई तिलास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारका लागि सदरमुकामस्थित लिबाङ जिल्ला अस्पताल रेउघा ल्याइएको थियो।

घाइते भएर अस्पतालमा पुर्‍याइएकाहरूमा कक्षा १० की सुनिता परियार, कक्षा ५ का शंकर परियार, कक्षा ४ का मनिषा परियार, केजीमा पढ्ने कमल परियार र शिशुका आशिष परियार छन् । कक्षा ७ का आयुष परियारलाई भने घर फर्काइएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP