Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध

 

 

पाल्पा

वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड राति सवा १ बजेदेखि अवरुद्ध भएको छ । उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको ढुंगा–माटोसहितको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

 

सिद्धबाबा सुरुङमार्ग निर्माण भएको क्षेत्रमा खसेको पहिरो पन्छाउन वर्षा नरोकिएकाले समस्या भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक अझै खुलेको छैन । वर्षासँगै ढुंगा झर्ने र ढुंगासहितको माटो, लेदो झर्ने भएकाले वर्षा रोकिएपछि सडक खोलिनेछ ।

अवरुद्ध सडक सञ्चालन गर्न वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । वर्षा नरोकिएकाले तल्लो सिद्धबाबा र दोभान प्रहरी चौकी क्षेत्रमै सवारी साधन रोकिएको छ । प्रहरीले यात्रु तथा सवारी साधनमा क्षति नपुगोस् भनेर सिद्धबाबा क्षेत्रमा पानी पर्दा सवारी साधन चल्न दिएको छैन ।

सिद्धबाबा क्षेत्रमा राजमार्ग अवरुद्ध हुँदा पहाडबाट तराई झर्ने र तराईबाट पहाड हिँडेका सयौँ सवारी साधन सडकमै अलपत्र परेका छन् । पाल्पाको सिद्धबाबा क्षेत्र अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका गन्तव्यमा पुग्ने सवारी साधन र यात्रुले सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP